विकास र शान्तीले भने – ‘अनुदानले समृद्धि जन्मिदैन !’

प्रकाशित मिति: २५ भाद्र २०७८, शुक्रबार १९:२१

एमाले सांसदको हातहातमा काँधकाँधमा माननीय !
माथि चढ्ने केही उपाय नै नभएपछि के चाहिँ गर्नु त !


‘केपी ओलीले नरोकेको भए सभामुखको टाउकोमै माइकले हान्थेँ’ : सांसद रेखाकुमारी झा
हाम्रा सांसदबाट यस्तै त आस गर्छौँ नि, सत्य बोल्ने अनि ‘जनता’को लागि जे नि गर्ने ! 


त्रिचन्द्र कलेज र घण्टाघरको पुनर्निमार्ण गर्ने सरकारको घोषणा
घोषणा कार्यन्वयन गर्न चाहिँ अर्को सरकार पर्खनु पर्ने ! 


सात महिनामा पहिलोपटक बाइडन र सि जिनपिङबीच फोनवार्ता
फोनवार्ता अगाडि दुबैको अनुरोध : ‘अफगानिस्तानबारे चाहिँ कुरा नगरौँ है ?’


पत्रकार कुटपिटबारे बोल्यो तालिबानले : भन्यो, ‘हामी लज्जित छौं, अब यस्तो गर्दैनौं’ 
‘तालिबान’ले कुटेको हो, कति नै लज्जित होलान् र !


दिर्घरोगीलाई मासिक ५ हजार भत्ता
बाँच्न सजिलो बनाएको हो कि मर्न ? 


एमसीसीबारे महावीर पुनको धारणा : ‘अनुदान लिएर देशलाई समृद्ध बनाउने सपना कसैले नदेखे हुन्छ’
सपना त हो, देखेपनि आँखा खोल्दा भैहाल्यो !


‘भारतसँगको खुला सीमा पनि नेपालको राष्ट्रिय सुरक्षाका लागि चुनौती’ : परराष्ट्रविद्
हुन त भारत नै नेपालको राष्ट्रिय सुरक्षाका लागि चुनौती भैसकेको छ ! 

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु विभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्विरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभारसहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com