ट्रम्पले जुकरबर्गलाई किन मुख छाडे ?

प्रकाशित मिति: २७ भाद्र २०७८, आईतवार १९:३१

संसद अवरोध अन्त्य गर्न सभामुखले बोलाए शीर्ष नेताको बैठक
शीर्ष नेताले अवरोध गरेको भए पो उनीहरुको बैठक बोलाउनु !

यसरी कतिन्जेल चल्छ संसद ?, देउवाले भने – ओलीलाई सोध्नू
ओलीलाई पनि के थाहा होला र ? सभामुखलाई माइकले हान्ने योजना थिएन रे त !

फेसबुकका सीईओ जुकरबर्गमाथि ट्रम्पको अश्लील टिप्पणी
ट्रम्पको रिस जायज हो, प्यारो फेसबुकले मलाई प्रतिबन्ध लगाएको भए उनमाथि मेरो पनि अश्लील टिप्पणी हुन्थ्यो !

मलेसिया गएका युवा १६ वर्षदेखि सम्पर्कविहीन
पैसा कमाउन व्यस्त भएपछि सम्पर्कमा रहन समय मिलेन होला नि त !

रातमा बारम्बार निन्द्राबाट बिउँझनु असामायिक मृत्युको संकेत
धेरै पिशाब आएर उठ्नुपर्दा पनि असामायिक मृत्युको संकेत हुन्छ भने अब के गर्नु त ?

केपी ओलीसँग एकता गरेर के प्राप्त भयो? प्रचण्डको टिप्पणी : ठूलो ज्ञान प्राप्त गरेँ
ज्ञान प्राप्त भयो भने त फेरी एकता गर्दा कति ज्ञानी हुने रहेछन् नि !

एमसीसीको विरोधमा उत्रिनेको ढाडमा पुलिसको लौरो
यसको मतलब नेपाल प्रहरी एमसीसीको समर्थन गर्छ भन्ने बुझ्नु पर्‍यो !

मेरो सम्पत्ति कति र कहाँ छ भन्ने कन्फ्युज छु : दीपक मनाङे
ध्यान गुण्डागर्दीमा, त्यसबाट आएको सम्पतिको ठेगान कसरी हुन्छ त ?

प्रदेश २ : मास्क नलगाइ सरकारी कार्यालयमा आए सेवा नदिइने
सरकारी कार्यालयमा सेवा यसै ढिलो, गएर मास्क किनेर लगाउँदा पनि सेवा पाउन गार्हो हुने !

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु विभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्विरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभारसहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com