देउवाले पार्टी कब्जा गरेको पौडेलको आरोप, देउवा भन्छन् – कब्जा हैन, कब्जियत !

प्रकाशित मिति: २८ भाद्र २०७८, सोमबार २२:०७

सभामुखलाई दलहरुको सुझाव : ‘एमालेसँग सम्वाद गरेर अर्को बैठक राख्नुस्’
हाम्रो सुझाव : ‘सम्वादअघि माइकले हान्न खोज्नेहरुमाथि पुर्वाग्रह नराख्नुस् !’

‘शक्तिको दुरुपयोग गरेर देउवाले पार्टी कब्जा गर्न खोजे’ : रामचन्द्र पौडेल
आफैँ सभापति भएको पार्टी के कब्जा गर्नुपर्थ्यो होला र देउबाले !


कमल थापा र पशुपति शमसेरले एउटै मञ्चबाट भने : ‘अब राप्रपा फुट्दैन’
छुट्टै मञ्चबाट भनेको भए पत्याउन गार्हो हुन्थ्यो, एउटै मञ्चबाट भनेको भएर पत्याउनै पर्‍यो !

ज्याक मा जस्ता उद्योगपतिलाई सबक सिकाएर के गर्न चाहन्छ चीन ?
पैसा भनेकै सब कुरा होइन र सरकार भन्दा ठुलो कोही हुन्न भन्ने नयाँ चीनिया दर्शन फैलाउन चाहन्छ !

एमाले अध्यक्ष ओलीले सर्वोच्चमा हालेको मुद्दा आज हेर्न नभ्याइने
टार्न भने भ्याइने !

विप्लवको प्रश्न : ‘अमेरिकाले दिएको ५० करोड डलरले नेपालको कायापलट हुन्छ ?’
नेताको खल्तीमा भन्दा देशकै विकासमा खर्च गरियो भने हुन पनि सक्छ !

चुनावलाई दृष्टिगत गर्दै नेपाल–भारत सीमा सिल गरिने
ल कुन देशको सुरक्षा बढी कडा हुँदो रहेछ हेरौँ है त !

‘एमालेले संसद्‍मा प्रयोग गरेका शब्दले सभ्यताको सीमा नाघ्यो’ : माधव नेपाल
शब्दले भन्दा पनि उनीहरुले गरेका क्रियाकलापले चाहिँ के नाघ्यो होला ? 

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु विभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्विरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभारसहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com