चीनबाट आएको ४४ लाख खोप : खोपीमा नलुकाएस्, भटाभट खोप्न थालेस् !

प्रकाशित मिति: २ आश्विन २०७८, शनिबार ०८:३९

‘एमालेमा रहेका नेताहरु ढिलो चाँडो एकीकृत समाजवादीमा आउँछन्’ : माधव नेपाल’
ढिलो चाँडो आउँछन् भने त एमालेमै बसेको भए भैहाल्थ्यो नि ! 


‘माधव नेपाल एमालेमै फर्किनुहुन्छ’ : योगेश भट्टराई 
आशाबाद त दुबै पक्षको शक्तिशाली छ, कसले जित्छ हेरौँ है !


छुवाछुत अन्त्यबारे सांसदहरु भन्छन्– ‘अझै कडा कानुन चाहिन्छ, निर्मम भएर दण्डित गर्नुपर्छ’
आफ्नो मान्छे नहुन्जेल त निर्मम भएरै दण्डित गर्नुपर्छ !


अमेरिका, बेलायत र अस्ट्रेलियाबीचको सुरक्षा सम्झौताको चीनले गर्‍यो आलोचना
चीनबाट आलोचित नहुने उपाय : सुरक्षा सम्झौता नगर्ने ! 


अमेरिकामा राष्ट्रपति बाइडेनलाई तालिबान बनाएर राखिए होडिङ बोर्ड!
हरेक अमेरिकीमा एउटा आतंकबादी हुन्छ भन्ने कुरा बुझ्नुपर्छ !


नरेन्द्र मोदीको जन्मदिनमा ‘राष्ट्रिय बेरोजगार दिवस’ मनाउने घोषणा
नरेन्द्र मोदी र बेरोजगारहरु दुबैले खुशीयालीका साथ मनाउने एक मात्र दिन !


सरकारले पूर्णता पाउनेबारेको प्रश्नमा माधव नेपालको जवाफ, ‘म प्रधानमन्त्री भइदिएको भए ठ्याक्कै भन्दिन्थें’
थाहा भएको भए त प्रधानमन्त्री नभई पनि भन्न सकिन्थ्यो नि !


‘हिजो हामीले भन्दा मान्नुभएन, अब एमसीसी पास गरेर देखाउनुहोस’: प्रदीप ज्ञवाली
ए, पहिला पास गर्ने योजना थियो अब प्रतिपक्षमा भएपछि हुन नदिने !


चीनबाट आयो एकैदिन ४४ लाख खोप !
खोप खोपीमा लुकाउने हैन नि, भटाभट जनतालाई लगाईदिन थाली हाल्ने !

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु विभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्विरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभारसहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com