कमेडी च्याम्पियनका तीन विजेता : सन्तोष मणि अग्रवाल !

प्रकाशित मिति: ३ आश्विन २०७८, आईतवार ०९:०३

‘प्रचण्ड र माधव नेपाल मधु-कैटव हुन्, चुनावमा तालेमल हुन्न’ : ओली
आफुलाई पनि कुनै दैत्यसँग तुलना गर्ने कि !

‘यहाँ मन्दिर नै मन्दिर छन्, काठमाडौंबासी धार्मिक यात्रामा बाहिर जान्छन्’: मेयर शाक्य
मन्दिर वरिपरीको फोहोर उठाइयोस् अनि काठमाडौंमै धार्मिक यात्रा गर्न पाइयोस् !

चीनमा धेरै पुरुषले पाएनन् बिहे गर्ने केटी, बहुपति प्रथामा जान सुझाव
चीनलाई अघि बढ्ने क्रममा पछि गएको पत्तै छैन, जाउँ जाउँ बहुपति प्रथामा !

‘एमालेबाट चोइटिएर गएकाहरु समाप्त हुन्छन्’: ईश्वर पोखरेल
चोइटिएर जानेहरुलाई समाप्त हुने अधिकार छैन र !

कुरुवाको दुःख : ‘रोगले होइन, अस्पतालले बिरामी बनायो’
शास्त्रमा लेखिएको छ : ‘जब अस्पतालले बिरामी बनाउन थाल्छ, तब कलियुगको अन्त्य हुन्छ !’

‘असोज ५ सम्म सरकार विस्तार हुन्छ’ : प्रचण्ड
भएन भने नि ठिकै छ, असोज ८ गते दशै सुरु हुन्छ, तिहार सक्किन्जेल हामी केही भन्दैनौँ !

मोटरसाइकलको ‘भाइब्रेसन’ ले आइफोनको क्यामेरा बिगार्ने एप्पलको चेतावनी
मोटरसाइकलको ‘भाइब्रेसन’ ले आइफोनको क्यामेरा बिगार्ने भए फोनकै ‘भाइब्रेसन’ के के बिगार्ला ?

संविधान दिवसलाई लोसपाले कालोदिनको रुपमा मनाउने
राताहरुले भने मुड्की उठाएर मनाउने !

भरतमणि पौडेल बने कमेडी च्याम्पियनको बिजेता, बिकि अग्रवाल फर्स्ट रनरअप, सन्तोष थापा सेकेन्ड रनर अप
सन्तोष मणि अग्रवाल भने भैगो नि, तिनैजना बिजेतालाई !

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु विभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्विरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभारसहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com