संविधान दिवसका थरिथरी कामना !

प्रकाशित मिति: ३ आश्विन २०७८, आईतवार १८:०४

तपाईलाई गणतान्त्रिक संविधानको शुभकामना ! बेलाबेला अल्झाई रहने विधानको शुभकामना ! जनतालाई कजाउने र नेतालाई बझाउने संविधानको शुभकामना !

कानून केलाउनेहरुलाई खेलाउन सजिलो विधानको शुभकामना !
जनतालाई कानूनले बाँध्ने प्रावधानको शुभकामना !
नेता-नेताबीच प्रतिसोध साँध्ने साधनको शुभकामना !

शासन चलाउन सजिलो बाटो रोज्ने शुभकामना !
कसैलाई लहड चल्दैमा फेर्न खोज्ने संविधानको शुभकामना !
सरकार चलाउने साथी जुटाइदिने बिधानको शुभकामना !

सेखी तोड्न पार्टी फ़ुटाईदिने संविधानको शुभकामना !
स्वार्थ पुर्ती गर्न केलाउदा केलाउदै झुत्रो बन्ने खतरा रहेको विधानको शुभकामना ! तानाताना गर्दागर्दै छिट्टै थोत्रो हुन सक्ने संविधानको शुभकामना !

आफ्नो हात माथि पर्दा मान्न मिल्ने यो विधानको शुभकामना !
तल पर्नासाथ झटारो हान्न मिल्ने यो संविधानको शुभकामना !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com