सरकारले दिएको मोडल कि मेडल !

प्रकाशित मिति: ४ आश्विन २०७८, सोमबार ११:०१

‘एमालेको नाम सुनेरै जनताले नाक खुम्च्याउने भइसके’ : माधव नेपाल
अनि एकीकृत समाजवादीको नाम सुन्ने बित्तिकै जनताले आँखीभौं उठाउने भैसके !


‘संविधान नबनेको भए नेपाल असफल राष्ट्र बन्ने खतरा थियो’ : निधि
धन्न संविधान बन्यो, अहिले नेपालले सफलताको शिखर चुमेको छ !


न्यायाधीशहरुलाई सुवास नेम्वाङको आग्रह : ‘सरकारले दिएको मेडल अस्वीकार गर्नुस्’
न्यायाधीश हुन्, लिने नलिने आफैँ जज गर्न सक्छन् होला !


‘हाम्रो लोकप्रिय सरकारविरुद्ध लेख्ने पत्रकार र तिनका मालिकलाई विभूषण दिइयो’ – ओली
अब यो सरकारलाई पनि लोकप्रिय हुन मन लाग्यो होला नि त !


विश्वप्रकाश शर्माको प्रस्ताव– ‘सांसद चार र प्रधानमन्त्री दुई पटकभन्दा नबनौं’
ज्योतिषले नै दुई पटकभन्दा बढी हुने भविष्यवाणी गरेपछि के गर्नु त ?


राष्ट्रिय जनगणनाः धन-सम्पत्तिबारे खुल्दैनन् सर्वसाधारण’
एक दिन त हो खुल्नु न, जनगणनाको बेला नखुले कहिले खुल्ने !’


संविधान दिवसमा ‘राजा आऊ, देश बचाऊ’ को नारा 
ठीक हो, राजा हुँदा देश बचाउन आवश्यक नपरेको यहाँहरुलाई अवगत नै छ !


नेम्वाङलाई रामचन्द्रको जवाफ– ‘मेरो सभापति चतुर हुनुहुन्छ, कांग्रेस फुट्दैन’
फुट्यो भने काँग्रेसबाट पनि अर्को समाजवादी जन्मिन्छ कि !

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु विभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्विरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभारसहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com