नेपाली ‘चे ग्वेभारा’ अर्थात् ‘रुदाने’ फिलिममा !

प्रकाशित मिति: १४ आश्विन २०७८, बिहीबार १०:३४

आफ्नो ज्यान बँचाउन मान्छेले जीवनमा थुप्रै कर्म गर्नुपर्छ । तर, कसैकसैलाई एउटै कर्मले जीवनपछि पनि ‘जीवित’ राख्दछ । चलचित्र ‘रुदाने’ टीमले त्यस्तै सुन्दर काम गरेको छ जसले उहाँहरुलाई
जीवनपछि पनि जनमानसले सम्झिरहनेछ ।

चलचित्र कस्तो बनेको होला, त्यो आफ्ना ठाउँमा छ । तर, झुप्राहरुबाट दरबार हल्लाउने श्रमिकहरुका अगुवा, गरिबहरुका नेता, बिद्रोहीहरुका पनि बिद्रोही रुपचन्द्र बिष्टको वास्तविक कथा नै चलचित्रजस्तो छ ।

बोली ‘सत्यबादी हरिश्चन्द्र’जस्तो थियो । कार्यशैली ‘नायक’का अनिल कपुरकोजस्तो थियो । व्यवहार ‘बलिदान’का हरिवंश आचार्यकोजस्तो थियो ।

आशा गरौं- बिर्सिएका ती ‘करिस्म्याटिक विद्रोही’ ‘रुदाने’लाई सिनेमा मार्फत् अहिलेको पुस्ताले चिन्नेछ । र, भन्नेछ- ‘चे ग्वेभारा त नेपालमा पनि जन्मिएका रहेछन् !’

टीम ‘रुदाने’लाई धन्यबाद, बधाई तथा शुभकामना 🙏 https://youtu.be/VXiaerHKyYE

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com