निन्द्रा नलागे बिधान अधिवेसनमा जाऔँ, निन्द्रा लागे आलोचना सुनौँ !

प्रकाशित मिति: १६ आश्विन २०७८, शनिबार १०:५९

‘पूर्व माओवादीहरु एक ठाउँमा उभिनुपर्ने अवस्था आयो’ : प्रचण्ड
डा. बाबुराम भट्टराईलाई पनि निमन्त्रणा दिनुपर्‍यो नि त !

एमालेको विधान महाधिवेशन शुरु, मुख्य मञ्चमा देखिएन पुष्पलाल, मदन र मनमोहनको तस्वीर
ओलीको ठुलो डमी भए पुगिहाल्यो नि, एमालेले अब मान्ने भनेको उनलाई मात्र हो !

विधान महाधिवेशनमा ओलीको सम्बोधन : ‘प्रचण्ड, माधव नेपाल र अदालतको आलोचना’
ओलीले आफ्नो बाहेक सबैको आलोचना गर्छन् नि !

एमाले विधान महाधिवेशन : वैचारिक छलफल कि शक्ति प्रदर्शनमात्रै ?
अझै शक्ति प्रदर्शन कसरी गर्नेबारे वैचारिक छलफल हो !

ओलीको राजनीतिक प्रतिवेदन पेस हुँदा निदाए नेता–कार्यकर्ता
६००० प्रतिनिधिमध्ये सबैको निन्द्रा पुगेको नहुन सक्छ नि त !

‘राजनीतिक प्रतिशोधको आधारमा मुख्यमन्त्रीको कार्यालयमा छापा’ : जसपा
अख्तियारले आफ्नो काम गर्नु र राजनीतिक प्रतिशोधमा धेरै फरक छ !

‘कांग्रेसमा पुस्तान्तरण होइन, रुपान्तरण चाहिएको छ’: रामचन्द्र पौडेल
बुढा नेताहरुलाई पुस्तान्तरण किन चाहिन्थ्यो र !

‘बुद्ध एयरको घटना प्राविधिक त्रुटि हो, हामी अनुसन्धान गरिरहेका छौँ’
प्राविधिक त्रुटि भए सच्याउँ न त, अनुसन्धान केकालागि हो !

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु विभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्विरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभारसहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com