‘रे’को पुस्तकमा पुलिस अफिसरको पर्दाफास, को को हुन् रे ?😂

प्रकाशित मिति: २० आश्विन २०७८, बुधबार १९:१८

पुर्व भारतीय राजदुत रञ्जित रेका कुरा ‘अरे’मात्र हुन् कि साँच्चीकै हुन् रे ? ‘अरे’मात्र हुन् भने भरे कुरा गरौंला, साँच्चीकै हुन् भने अहिल्यै खुल्नु पर्यो- दुताबास धाउने ती चार पुलिस हाकिम को को हुन् ?

आईजिपी खान भारतीय दुताबासको सोर्स लाग्ने कुरा सत्य हो भने मन्त्री खान कसको फोर्स लाग्दो हो ? प्रधानमन्त्री बन्न मोदीकै पाउ मोल्नु पर्ने हो कि ? प्रधानन्यायाधिस हुन भाजपाकै भजन गाउनु पर्छ कि ?

‘रे’का कुरा ‘अरे’मात्र भए ठिकै छ, साँच्चै भए भरेसम्म कुर्नै हुन्न । अहिल्यै जवाफ खोज्नुपर्छ ।

‘रे’ साहेबको किताब पूरा पढ्न त पाएको छैन । तर, पत्रपत्रिकामा आए अनुसार हाम्रो देश हाम्रा हातमा कहिल्यै थिएन र छैन ! हैन भने, कि भारतका ‘रे’को किताब गलत छ, कि त नेपालका ‘रे’को नियत खराब छ ।

‘रे’ले यस्तो गम्भीर बिषयमा रेला गरेका त पक्कै हैन होला !

नेपालका ठुला निर्णयहरु गर्दा भारतसँग ‘सल्लाह’ गर्नुपर्ने हल्ला त सुनिकै हो ।तर, सरुवा र बढुवामा दुताबासको आस गर्नुपर्छ भने हामीलाई नागरिक नभनेर लास भने कसो होला ?!

‘रे’को पुस्तकले नेपालको स्वाधिनता र सार्वभौमिकतलाई खिल्ली उडाएको छ रे ! यस बिषयमा ‘रे’लाई कसैले ‘लाल दुपट्टा मलमलका’ शैलीमा सोध्यो रे-
‘क्या करते थे साजना तुम हमको हेप रहेके,
साँढे जुदाईमे बछेडे कच्याक्कुचुक चेपते रहेते थे ?’

‘रे’ले कुमार बस्नेतको स्वरमा जवाफ दिए रे-
‘मोदीयुगके बेलैमेँ जाेसमें नही होता हाेस, तुम्हारै नेता तरुनी, हमलाई क्युँ को दाेष ?’

रे क्या !😁

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com