फेसबुकले लोकतन्त्र र बालतन्त्रलाई कमजोर बनाउँछ रे नि, हाे ?

प्रकाशित मिति: २१ आश्विन २०७८, बिहीबार १२:२८

माओवादीले टुंग्यायो मन्त्री र राज्यमन्त्री
जनतालाई फेरी पनि निराश पार्ने प्रणसहित !

‘एमसीसी सबैको सहमतिमा मात्र अघि बढ्छ’: परराष्ट्रमन्त्री खड्का
अर्थात् कहिले पनि अघि बढ्दैन !

फेसबुक संस्थापक जुकरबर्गले माफी मागे
फेसबुक जति घण्टा बन्द भएपनि प्रयोगकर्ताहरुले चलाऊन नछोड्ने भएकाले माफी आवश्यक थिएन !

असफल हुँदै मोदीको विदेश नीति, छिमेकीहरू चीनसँग नजिकिन थाले
मोदीको नीति ज्याद्रो भएकाले छिमेकीहरु जति चीनसँग नजिकिएपनि नीति परिवर्तन नगर्ने !

पूर्वकर्मचारी भन्छिन् : ‘फेसबुकले बालबालिकालाई हानी र लोकतन्त्रलाई कमजोर बनाउँछ’
भएजति सबैले मनका सब कुरा भन्न पाएका छन्, कसरी लोकतन्त्रलाई कमजोर बनाउँछ ?

चाडवाडका बेला हुने चोरी र लुटपाटबाट कसरी जोगिने ?
न चाडबाड मनाउनेले मनाउन छोड्छन्, न चोरी गर्नेले चोरी गर्न छोड्छन्, त्यसैले जोगिने हैन, यस्तै हो भनेर बस्ने !

प्रकाशमानको प्रश्न- ‘काठमाडौंबाट अहिलेसम्म कोही कांग्रेस सभापति भएको छ, हामी सधैं झोला बोक्न हो ?’
बर्षौँदेखि देउवा काठमाडौँमा बसिरहेको बिर्सिएको हो ?

६ घण्टा फेसबुकसहित अन्य एप ‘डाउन’ हुँदा मार्क जुकरबर्गले गुमाए सात अर्ब अमेरिकी डलर
ट्विटर भने त्यही सात अर्बको आश गर्दै !

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु विभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्विरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभारसहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com