पादेरै विश्व किर्तिमान, गोब्र्याएर व्रम्हाण्ड बिजेता बन्ने !

प्रकाशित मिति: २३ आश्विन २०७८, शनिबार १९:३०

स्वास्थ्य एकीकृत समाजवादीलाई, कांग्रेसले कानून मन्त्रालय लियो
स्वास्थ्यमात्र किन, नयाँ पार्टीलाई सबै मन्त्रालय दिउँ न !

एकीकृत समाजवादीले चुनाव चिह्न कलम राख्ने
चुनाव हारेपछि कलम काम गर्न छोड्छ अनि इतिहास लेख्न गार्हो होला नि त !

कांग्रेसले यो वर्ष पनि चियापान नगर्ने
चियापान त हो, अधिवेशनमै गरे भैगो नि !

एमालेको नयाँ लोगोप्रति माओवादी केन्द्रको आपत्ति, कानुनी उपचारमा जाने
दुबै कम्युनिस्ट हुन्, मिलेर चलाउँ न हँसिया-हथाैडा !

बाइडेन र सीबीच भर्चुअल सम्मेलन गर्ने सहमति
दुबैले एकअर्काको कुरा सुनेजस्तो मात्र गर्ने पनि सहमति !

मिस्टर मिथेन : पादेरै विश्व कीर्तिमान, पाद्नकै लागि पाउँछन् पैसा
पाद्नकै लागि पैसा पाउँछन् भने दिशा गरेर झन् कति पाउँथे होला !

आजदेखि खुले देशैभरिका सिनेमा हल : उपत्यकाका हलमा कतै मध्यम दर्शक, कतै ‘शो क्यान्सिल’
किन शो क्यान्सिल गरेको, पहिलो दिन पहिलो शो त कर्मचारीहरुले नि हेरे भयो त !

रातो खुर्सानी खाने मानिसको आयु लामो हुने
अमर रहन हरेक खानामा रातो खुर्सानीको परिकार खाने !

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु विभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्विरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभारसहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com