चोर औंलाको अपरेसन गर्दा हड्डी हाँस्याे !

प्रकाशित मिति: २४ आश्विन २०७८, आईतवार १३:०८

  • केशवराज गजुरेल

तँ यति धेरै फुरफुर नगर,
सुरिएर सधैं अगाडी नसर,
अर्काको मान मर्दन नगर,
मेरो मनमा दम्भ नभर !

अरुमाथि क्रोध तैं पोख्छस्,
कडा बदलाभाव तैं खोक्छस्,
तैँ अगाडी सरेर ठिङ्ग ठडिन्छस्,
पहलमान ठान्दै टक्क अडिन्छस् !

तैंले धेरैलाई दागा धरेको छस्,
मुटु दुख्नेगरी कटाक्ष गरेको छस्,
तेरै कारण मैंले शीर निहुर्याएको छु
टाउको पैतालामा पुर्याएको छु !

कैले कोट्याएर भित्ता फोर्छस्,
मौकामा दुध्यारीको तर चोर्छस्,
अरुका कमजोरी खुट्याउँछस्!
टोड्कामा पसेर नाक कोट्याउछस् !

अझै के के गर्छस् हेर्दै जाउँला,
तेरै कारण म, गाली खाउँला,
तैं ठुलो अरुलाई होच्याउँला,
तेरै शत्र परोस् सधै, चोर औँला !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com