‘विवेक’ मृत्युको कारण: ज्यानमारा सडकको कामचोर विभाग !

प्रकाशित मिति: ३१ आश्विन २०७८, आईतवार १५:५४

२२ बर्षिय भाइ विवेक सापकोटा काठमाडौबाट मोटर साईकलमा एक्लै पुर्व जाँदै थिए । २१ बर्षकै दयारामसिंह राजवंशी झापाबाट चन्दनकुमारसहित पश्चिम आउँदै थिए । महेन्द्र राजमार्ग अन्तर्गत सप्तरीको अमाहा भन्ने ठाउँमा दयारामको बाईक अनियन्त्रित भएर आफ्नो लेनमा कुदिरहेको विवेकको बाईकसँग जुध्न पुगे । विवेक र दयारामको मृत्यु भयो, चन्दन कुमार घाईते भए ।

दुर्घटनामा बितेका २१ बर्षिय दयारामपनि कसैको मुटुको टुक्रा थिए । उनका परिवारमा पनि ठुलो बज्रपात परेको छ । उनिप्रति पनि हार्दिक श्रद्धाञ्जली🌷दयारामले मार्छु भनेर विवेकलाई हानेको पनि हैन होला, विवेकले मर्छु भनेर दयारामको बाईकमा ठोकिएका पनि नहोला ! सत्यतथ्य के हो, प्रहरीले पत्ता लगाउला तर अमाहा सडक दुर्घटनाको एउटा गम्भीर पाटोको बारेमा बोल्नैपर्ने भएको छ ।

जुन ठाउँमा दुर्घटना भयो, त्यहाँ लामो समयदेखि एउटा ठूलो खाल्डो छ । कल्भर्ट छेउको त्यो खाल्डो पुर्न स्थानीयवासीले धेरै पटक अनुरोध गरे । अनुरोधको सुनुवाई नहुँदा प्रदर्शनहरु भए, जुलुस निस्किए । हिजो त झडप नै हुनपुग्यो । केही स्थानीय र प्रहरीहरु घाईते भए । उनिहरुको उपचार चलिरहेको छ । सिघ्र स्वास्थलाभको कामना ।

हाम्रो भाइ विवेक अनि सम्भवत: दयाराम राजवंशी दुवैजना श्रमजिवी परिवारका सदस्य थिए ! उनिहरु त बिते तर सडक मर्मत सम्भारमा गैरजिम्मेवार देखिन्छन् खिएको सरकारका कारण निम्तिएका यस्ता दुर्घटनाले खोसेका विवेक र दयाराममा  आश्रीत परिवारलाई न्याय र क्षतीपुर्ती कसले दिन्छ ?  केन्द्र  सरकार ? प्रदेश सरकार ? स्थानीय सरकार ? कि  निर्माण र मर्मतको जिम्मा लिएको ठेकेदार कम्पनी ?

सप्तरीको यो सडक दुर्घटना एउटा प्रतिनिधि घटनामात्र हो । देशैभरीका सडकमा यस्ता समस्या छन् । बर्सेनि हजारौंको संख्यामा नागरिकको ज्यान जाने गरेको छ । समाधानको अनुरोध गर्दा केन्द्र सरकार स्थानीय सरकारलाई देखाउँछ । स्थानीय सरकार सडक विभागतिर पन्छाईदिन्छ । सडक विभाग ठेकेदारलाई दोष दिन्छ । ठेकेदार बजेट निकासा भएको छैन भनेर पन्छिन्छ ।

उनिहरुको यो गोलचक्करमा सडक दुर्घटनामा सरकारकालागि त केहीथान मान्छे मरे होलान् तर विवेक र दयारामका परिवारका लागि भने सर्वस्व हुन् । उनिहरुको सर्वस्व लुटिएको छ । यो व्रम्हलुटको मुख्य कारण हाम्रो गैरजिम्मेवार सरकारले नै यिनिहरुलाई क्षतिपूर्ति दिनसक्छ ।

यस्ता दुर्घटना नदोहोर्याउन प्रतिवद्धता जाहेर गर्नसक्छ प्रतिवद्धतालाई व्यवहारमा कार्यान्वयन गर्न गराउन र मुख्य दोषिलाई दण्डित गर्न सक्छ ? दबाब कायम राखौं ।

अन्त्यमा, पुन: सडक दुर्घटनामा ज्यान गुमाएका दुबै भाइहरुको आत्मा शान्तीको कामना गर्दछु । उनिहरुको आश्रीत परिवारलाई उचित क्षतिपूर्ति दिन सरकार, स्थानीय निकाय, सडक विभाग र सम्बन्धित ठेकेदारलाई जोडदार माग गर्दछु ।

अनि, सडक निर्माणलाई गम्भीर रुपमा नलिने, मर्मत संभारमा ध्यान नदिने, कमसल निर्माण सामाग्री प्रयोग गर्ने र बारम्बार नागरिकको जिउ ज्यानलाई लिईरहने सम्बन्धित निकाय र व्यक्तीलाई कारवाही किन नगर्ने ?!

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com