‘नमस्ते भर्सेस ‘एनसेल’ प्रतिस्पर्धा : जसले जितेपनि हार्ने उपभोक्ता !

प्रकाशित मिति: १ कार्तिक २०७८, सोमबार ११:०१

दशैंमा पनि बढेन बक्स अफिसमा चहलपहल
अनिकालका बेला बल्ल बल्ल आएको दक्षिणा कसले फिल्म हेर्न खर्च गर्छ त !

दशैं विदामा बन्द भएका सरकारी कार्यालय खुले, पुरानै लयमा फर्कियो काठमाडौं
कर्मचारीहरु भने तिहारपछि पनि काममा अल्छी गरिरहने !

दशैंमा गरिबलाई राहत दिने भनेर सरकारले आश देखायो, तर दिएन
सरकारले आश देखायो अनि पुरा गरेन, के नयाँ कुरा भयो त ?

प्रहरी भन्छ : ‘काठमाडौं उपत्यकाभित्र दशैंमा ठूला दुर्घटना शून्य, मापसे चाहिँ अत्याधिक
दशैं भएर प्रहरीको पनि मापसे गरेर अत्याधिक भएको हो कि ?

स्पेनमा बन्ने लुम्बिनी गार्डेनबारे राष्ट्रपति भण्डारीको चासो
भारतमा बन्ने भएको भए केही चासो हुँदैन थियो होला !

इमेलमा गाली गलोज गरेको भन्दै प्रदेश लोक सेवाले राख्यो उम्मेदवारलाई कालोसूचीमा
इमेलमा पनि गाली गलोज गर्ने हो ? फेसबुक केकालागि ?

होलिडे ‘मुड’मा नेता, कहिले सल्टाउने यी विवाद?
होलिडे ‘मुड’मा भएका नेतालाई छठसम्म छुट !

माधव नेपालको पार्टीमा असन्तुष्टी नै असन्तुष्टी
पुरानै पार्टीमा भएजस्तै भएछ त !

आशीर्वादको नाममा जेष्ठ नागरिकलाई संक्रमणको जोखिममा नपारौं
आशीर्वाद दिनकालागि आँफै संक्रमणको जोखिममा पर्न चाहने जेष्ठ नागरिकलाई छुट !

‘यो सरकार सट्टापट्टामा बनेको प्रष्ट भयो’ : ओली
एमाले सरकारले गर्न नसकेको अब सट्टापट्टामा बनेको सरकारले केही गर्ला नि त !

राप्रपा अध्यक्ष राणाले दिए नेपाली फुटबल टिमलाई बधाई
समाचारको कमीले गर्दा राप्रपा अध्यक्षले फुटबल टिमलाई बधाई दिएको समाचार छाप्न न्युज साइटहरु वाध्य !

किन बढ्छन् दसैंमा सवारी दुर्घटना ?
उत्साहको परिभाषा बुझ्दा यो प्रश्नको उत्तर सजिलै आउँछ !

दसैँमा जसपा–लोसपालाई कार्यकर्ता तान्नै चटारो
दशैभन्दा पार्टी कहिले ठुलो हुँदैन भन्ने कुरा यि कार्यकर्तालाई कसले बुझाउने !

नमस्ते भर्सेस् एनसेल : चाडबाड विशेष अफरमा प्रतिस्पर्धा
जसले जितेपनि हार्ने उपभोक्ताले नै हुन् !

बेनीको त्यो गाउँ जहाँ १०३ घर परिवार एउटै धारो प्रयोग गर्छ, ‘निर्वाचन पछि नेताले मुख पनि देखाएनन्’
नरिसाउनु न, अर्को निर्वाचनमा देखाइहाल्छन् नि !

पूर्व राजा ज्ञानेन्द्रलाई बाबुराम भट्टराईको सुझाव : ‘भ्रमको खेती नगरौं, चुपचाप गणतन्त्रलाई स्विकारेर बस्नु वेस’
कहिले राजा भएको भए पो गणतन्त्रप्रतिको रिस थाहा हुन्थ्यो !

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु विभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्विरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभारसहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com