बहुमत, अल्पमत दुबैको हेरियो, अब शून्यमतकाे सरकार !

प्रकाशित मिति: २ कार्तिक २०७८, मंगलवार ११:००

प्रधानमन्त्री देउवाको पहिलो विदेश भ्रमण स्कटल्यान्ड
देउबाको नेपाली लवज नै स्कटिस पाराको छ, भ्रमण सफल हुने भो !

‘नचाहँदा नचाहँदै सरकारमा गएका हौं’ : गृहमन्त्री खाँण
नचाहँदा नचाहँदै सरकारमा जानुपरेको, कठै नि हाम्रो गृहमन्त्रीको व्यथा !

‘केपी ओलीले समन्वय गर्न नजान्दा विद्रोह भयो’ : मन्त्री झाँक्री
समन्वय गर्न नजानेको भन्दापनि नचाहेको चाहिँ होला !

मोहन वैद्यलाई भेट्न नर्भिक पुगे प्रचण्ड
दुई माओवादीको त भलाकुसारी पनि क्रान्तिकारी हुँदो हो !

शिव श्रेष्ठ र भुवन केसीको ‘डाँडाको वरपिपल’मा दर्शक शून्य
यति भन्दै ‘महानायक’को विवाद यहिँ टुंगिन्छ, धन्यवाद !

‘नागरिकले अनाहकमा ज्यान गुमाउनु नपरोस्’: गृहमन्त्री
अनि गुमाइसकेपछि न्याय दिन आनाकानी नगरियोस् !

‘लेखेर राख्नुहोस्, आगामी चुनावमा कसैको बहुमत आउँदैन’ : अग्नि खरेल
बहुमतको सरकारले के नै गर्‍यो र, अब पालो अल्पमतको सरकारको !

विमानस्थलमा पर्यटन मन्त्री आलेको छड्के अनुगमन, जहाजले यात्रु छोडेकोमा मागे लिखित जवाफ
पाइलटलाई हतार थियो अनि यात्रु छोडे नि, किन चाहियो लिखित जवाफ !

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु विभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्विरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभारसहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com