अक्सिजनमा मन्त्रीको फोटो, खोप कार्डमा मोदीको फोटो ! बुद्धि मोटो कि नियत खोटो ?

प्रकाशित मिति: ३ कार्तिक २०७८, बुधबार २१:२७

मोदीले खोप कार्डमा किन राखे आफ्नो तस्वीर ?
व्यापारीले बिज्ञापन किन गर्छ थाहा छैन ?

प्रधानमन्त्री देउवा भन्छन्- ‘सरकारलाई परमादेश र जनादेश दुवै प्राप्त छ, एमसीसी नेपालको हितमा छ’
अहिले पास गरे त वर्तमान सरकारको हितमा पनि छ नि !

ओरालै ओरालो लागेको कांग्रेस कहाँसम्म पुग्ला ?
देउबापथले जता लाग्छ त्यतै पुग्ला !

सरकार र विप्लव समूहको छलफल सकारात्मक
जनताकोलागी सकारात्मक कि विप्लवकोलागी ?

एमालेको आग्रहमा सभामुखले सारे प्रतिनिधिसभा बैठक
एमालेको आग्रहमा मात्र हो कि अरु केही पनि हो ?

‘नेपाल र भारतबीच छिट्टै उच्च तहको भ्रमण हुन्छ’ : सहमहामन्त्री महत
तर उच्च तहको भ्रमणबारे जनतहलाई थाहा नदिउँ है !

माओवादी केन्द्रको महत्वकांक्षी योजना पुरा गर्न समय थप : चाडपर्वले सम्मेलन प्रभावित, सरकार सञ्चालनका लागि बन्दै छ यस्तो संयन्त्र
क्यालेन्डर नहेरी सम्मेलन आयोजना गर्न खोज्दै थिए कि के हो, चाडपर्वले कसरी प्रभावित गर्छ !

अंग्रेजी चल्दा नेपाली चलचित्र किन चलेन ?
दर्शकले दुइटै भाषाको चलचित्रको गुणस्तर बुझेर !

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु विभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्विरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभारसहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com