बाढी पीडितलाई राहतको पहल गर्नकालागि पहल हुँदै, दिने टुङ्गो छैन !

प्रकाशित मिति: ५ कार्तिक २०७८, शुक्रबार ११:३०

कांग्रेस सुधारको बाटोमा अगाडि बढेको छ : वरिष्ठ नेता पौडेल
सुधारको बाटोमा अगाडि बढे पनि देउबापथ कहिले छोड्नेछैन !

अष्टलक्ष्मीलाई जम्मकट्टेलको आग्रह: ‘राजीनामा दिनुस्’
पहिला विश्वासको मतले के आग्रह गर्छ त्यो हेरौँ न !

ढलको खाल्डो नपुरेको भन्दै सिके राउतका कार्यकर्ताले गरे खानेपानी कार्यालय प्रमुखमाथि कुटपिट
सिके राउतका कार्यकर्ताबाट जे आश गरिन्छ त्यही नै भएछ त !

‘अधिवेशन गर्न नसक्ने कांग्रेसले कसरी देश विकास गर्छ भनेर जनताले प्रश्न गर्न थालिसके’: प्रकाशमान सिंह
त्यसोभए अधिवेशन नगरी देश विकास गरेर उत्तर दिनुपर्‍यो नि त !

नयाँ सामाजिक सञ्जाल सञ्चालन गर्ने ट्रम्पको घोषणा
भनेपछि अब अमेरिकी रिपब्लिकनहरुले फेसबूक र ट्विटर छोड्ने भए !

ओलीले किन बोलाए करिस्मालाई बालकोट ?
पुर्वप्रधानमन्त्री भएर आफ्नो निजी निवास हुँदाहुँदै भेट्नकालागी अरुको घरमा जान्छन् त ?

‘ओलीपथमा हिँडेकाले अष्टलक्ष्मीविरुद्ध उभिने दिन आयो’: राजेन्द्र पाण्डे
उभिने मात्रै ? थोरै हिँड्डुल पनि गर्नुपर्‍यो नि !

गृहजिल्ला पुगेर देउवाले भने– ‘राहतको पहल चाँडै हुन्छ’
राहतको पहल चाँडै हुन्छ भनेर आश देखाउने पहल भने भैइसकेको !

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु विभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्विरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभारसहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com