सिकेका कार्यकर्ताले सिक्न त सिके तर खै के सिके सिके !

प्रकाशित मिति: ६ कार्तिक २०७८, शनिबार ११:२५

सीके राउतलाई पक्राउ गर्न माग गर्दै माइतीघरमा इन्जिनियरहरुको प्रदर्शन
सीके राउतका कार्यकर्ता भने तिनै इन्जिनियरहरुलाई कुटपिट गरी प्रदर्शन गर्ने तयारीमा !

सिके राउत फेरी हिंसाको बाटोमा लागेका हुन् ? खै त् ओलीबाट के सिके ?
सिक्न तर यी सिकेले खै के सिके सिके !

‘सरकारले गति पक्रन सकेन’ : गगन थापा
गति पक्रन नसकेपनि दुर्गति पर्क्रने प्रयास जारी छ !

दलका महाधिवेशन : असफलहरूलाई कति बोकिरहने ?
बोक्नेहरु बोक्न र बोकिनेहरु बोकाउन नछोडुन्जेलसम्म !

रोकियो काँग्रेस महाधिवेशन, नेताहरु तैँचुप, मैचुप
विपक्षीहरु भने बोल्न नछोड्ने !

भीमबहादुर हत्याका दोषीलाई कारबाही गर्न गृहमन्त्रीको ध्यानाकर्षण
पुत्ला जलाउँदा काम नगरेपछि अब ध्यानाकर्षणको प्रयास !

प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धान विभागमा कसैले कसैलाई ‘तँ’ नभन्न गृहमन्त्री खाणको निर्देशन
रुगा लागेको बेला “त” निपात प्रयोग गर्नु परेमा छुट !

एमाले बैठकमा भीम रावलले राखे फरक मत, कार्यदलबाट राजीनामा दिने घोषणा
एमाले बैठकमा फरक मत राखेपछि त कि राजीनामा दिनुपर्‍यो कि नयाँ पार्टी खोल्नुपर्‍यो !

‘चीनले आक्रमण गरे ताइवानको साथमा अमेरिका हुनेछ’ : राष्ट्रपति बाइडेन
उहिले भियतनामको साथमा भएजस्तै ?

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु विभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्विरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभारसहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com