डाेनाल्ड ट्रम्प ‘ट्रुथ सोसल’ खोल्ने, केपी ओली ‘दुनियाँ नहँसाउन’ सुझाव दिने 🤣

प्रकाशित मिति: ७ कार्तिक २०७८, आईतवार ११:२२

‘काङ्ग्रेस पार्टी अवैध भइसक्यो, निर्वाचन आयोगको निगाहामा बाँचेको छ’: रामचन्द्र पौडेल
राजनीतिमा लागेकाहरुलाई नेपालमा अवैध रुपमा चल्न कसले रोकेको छ र !

ओलीको टिप्पणी : ‘भीम रावलले सकिन भनेर राजीनामा दिनुभो’
फरक मत राखे वापत राजीनामा दिन दबाव आएको होला, गफ दिने !

१० बुँदेबारे असन्तुष्ट नेतालाई ओलीको सन्देश : ‘दुनियाँलाई नहँसाउनुस्, पार्टीमा अब समस्या रहेन’
त्यसाे भनेर आफुचाहीँ दुनियाँलाई हँसाउने, अर्कालाई नहँसाउ भनिदिने त बा !

एमालेको रावल समूहलाई नेपालको व्यंग्य – ‘१० बुँदे भन्नेहरूको हरिबिजोग भयो’
पुरानो पार्टीमा भएको हरिबिजोग नयाँ पार्टीमा नभएर त बोलेको होला नि !

‘शक्तिको पछाडि विकास कुद्ने परम्परा अन्त्य हुन्छ’: मन्त्री झाँक्री
परम्परा अन्त्य भए त्यो अन्त्य अर्को सरकारले रद्द गर्नेछ !

कम्पनीलाई रि–ब्रान्ड गर्न फेसबुकले नाम परिवर्तन गर्ने
एउटा कम्पनीले नाम परिवर्तन गर्नु भनेको त धेरै राम्रो संकेत हो नि, हैन र !

फेसबुक र ट्वीटरविरुद्ध उत्रिने भन्दै ‘ट्रुथ सोसल’ नामक सामाजिक सञ्जाल लन्च गर्दै ट्रम्प
‘फेक न्युज’ सजिलै पत्ता लगाउन सक्ने ट्रम्पले आफ्नो सामाजिक सञ्जालको नाम ‘ट्रुथ सोसल’ राख्नु स्वभाविक हो !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com