पुर्व आईजिपि एमालेमा जाँदै, पार्टीको नयाँ नारा- ‘प्रहरी मेरो साथी !’

प्रकाशित मिति: ८ कार्तिक २०७८, सोमबार ११:२२

ओलीलाई विश्वप्रकाशको सुझाव : ‘आलोचना गर्दा तथ्यको हेक्का राख्नुस्’
ओलीको जवाफ – ‘तथ्यको हेक्का राख्ने ठेक्का मेरो हो र !’

‘माधव नेपाललाई एमालेले फेरि लिँदैन’ : केपी ओली
माधव नेपाललाई एमालेले फेरि ‘तत्कालै’ लिँदैन !

पूर्व प्रहरी प्रमुख सर्वेन्द्र खनाल एमाले प्रवेश गर्ने तयारीमा
एमालेको नयाँ नारा : ‘प्रहरी मेरो साथी !’

‘सामाजिक विभेद रुचाउनेले माओवादीको विरोध गरे’ : प्रचण्ड
सामाजिक विभेद रुचाउनेले मात्रै माओवादीको विरोध गरेझैँ गर्छन् त !

‘पार्टी नेतृत्वले महाधिवेशन गर्न ढिलाइ गरिरहेको छ’ : प्रकाशमान सिंह
पार्टी नेतृत्व फेरिएला भन्ने डरले हो कि ?

३ महिनामै बोलेका र ६ महिनामै उभिएका अद्भूत बालक, आइन्स्टाइनको भन्दा अब्बल आइक्यू
अनि एक वर्षमै मोबाइल चलाऊन थालेर आइन्स्टाइनको भन्दा अब्बल आइक्यू खेर फालेका !

‘अब कसैको पनि हिरासतमा ज्यान नजाओस्’ : गृहमन्त्री खाँण
निर्देशन दिएको हो कि आश गरेको ?

‘खेलाडीहरूको मनोबल बढाउन सरकारले ध्यान दिन्छ’ : खेलकुदमन्‍त्री गहतराज
खेलमैदानको गुणस्तर र तलबभत्ता बढाउँदा मनोबल सजिलै बढ्छ, त्यता ध्यान दिउँ !

‘नेपाली सुरक्षा फौजले नेपाललाई शान्ति सैनिकको देश भनेर चिनाएको छ’- रक्षामन्त्री रिजाल
नेपाललाई ‘शान्ति सैनिकको देश’ भनेर चिन्ने रक्षामन्त्री रिजालमात्र हुन् !

‘चीनको नेपाल, श्रीलङ्का र माल्दिभ्समा भारी लगानीले दक्षिण एशियाको स्थिरतामा खतरा’ : भारतीय जनरल रावत
त्यस्तै हो भनेर स्थिरताकोलागी भारतले लगानी गर्न सक्नुपनि त पर्यो नि !

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु विभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्विरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभारसहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com