सिंहदरबारभित्रै गोली चल्दा गृहमन्त्रीको बोली- ‘ढुक्क हुनोस् , केही नहुन्जेल केहीपनि हुँदैन !’

प्रकाशित मिति: ११ कार्तिक २०७८, बिहीबार ११:१५

लागूऔषधसहित पक्राउ परेका वडाध्यक्ष सुटुक्क रिहा
रिहा गर्दा लागूऔषध पनि सुटुक्क फिर्ता गरे कि सुटुक्क लुकाए ?

राष्ट्रिय सभा उपाध्यक्षकी अंगरक्षकको पेस्तोलबाट सिंहदरबारभित्र चल्यो गोली
द्वन्दपीडितकालागि सिंहदरबार खुल्ला भएपछि गोली चलाएर गरिएको गोलि चलाउनेको भनाई !

‘सार्वजनिक शिक्षा मेरो पहिलो प्राथमिकता हो’ : शिक्षामन्त्री पौडेल
सार्वजानिक शिक्षालाई सकेसम्म कमजोर बनाउने निजीक्षेत्रको प्राथमिकता !

आलोचनाबीच पनि फेसबुक अपेक्षाभन्दा बढी आम्दानी गर्न सफल
आलोचना गर्न पनि फेसबुक नै चलाऊने हुन् अनि अपेक्षाभन्दा बढी आम्दानी गरिहाल्छ नि !

विद्यार्थी निकालेर स्कुलमा भोजभतेर, जन्तीलाई सुत्ने ठाउँ
भोजभतेरमा विद्यार्थीहरुलाई पनि सहभागी गराएको हो भने ठीक छ !

विश्वकपमा पाकिस्तानले अर्को खेल जितिसक्यो, भारतमा हारको तरंग कायमै !
पाकिस्तानसँग हारेपछि तरंग कायम रहने नै भयो नि !

‘अदालतको परमादेशले संविधान र लोकतन्त्र बचाएको छ’ : प्रम देउवा
त्यही ‘पर’मादेशले गर्दा ‘पर’धानमन्त्री भएको पनि भनौँ न !

‘हामीलाई प्रधानन्यायाधीशको चिन्ता छ, अदालतको आन्तरिक मामिलामा हस्तक्षेप गर्दैनौं’: रामचन्द्र पौडेल
देउबाले नगरुन्जेल हस्तक्षेप गर्दैनौं भन्नुस् न !

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु विभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्विरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभारसहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com