झगडा मिलाउन कुटाकुट, फेकयुज मेटाउन मेटा !

प्रकाशित मिति: १३ कार्तिक २०७८, शनिबार ११:१३

नेपाल बारमा प्रधानन्यायाधीश समर्थक र विरोधी दुई वकिलबीच हानाहान
विवाद मिलाउन कुटाकुट गर्नु परे वकिल भएको के काम !?

‘मेटा’ बन्यो फेसबुक, फेरियो नाम
पहिलाका कुकर्म जति सबै ‘मेटा’उने प्रयास !

‘ओलीलाई मान्छे बनाउन खोज्नु नै हाम्रो मुर्खता’ : माधव नेपाल
अब चाहिँ जनावर नै हुन दिएर बुद्धिमत्ता प्रदर्शन गरेको ?

‘चितवन कुरुक्षेत्र हुँदैछ, हेरौँ कौरवले जित्छ कि पाण्डवले’ : प्रचण्ड
पहिला आफुलाई कौरव भनेको कि पाण्डव भनेको,”प्रष्ट पारौँ अनि हेरौँ कसले जित्छ !

पाकिस्तानको जितमा खुसियाली मनाएको भन्दै उत्तर प्रदेशमा ५ जना पक्राउ
पाकिस्तानको जितमा भन्दापनि भारतको हारमा खुसियाली मनाएकाले पक्राउ गरेजस्तो छ !

गगन थापासहित काँग्रेसका १३ नेताद्वारा न्यायालयको विषयमा पार्टीको धारणा माग
अर्थात् देउबाको धारणा माग !

एमालेले बढायो महाधिवेशन प्रतिनिधि संख्या, ओलीको निर्देशन : सर्वसम्मत नेतृत्व चयन गर्नुहोला
साथै, ओलीबाद झल्किने नेतृत्व चयन गर्नुहोला !

‘जनताको इच्छाविपरीत कुनै काम गर्दैनौँ’: ऊर्जामन्त्री भुसाल
कहिलेपनि भनेको कि ‘अबदेखि’ ?

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु विभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्विरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभारसहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com