यहाँ जन्ती र पाहुना भाडामा पाईन्छ !

प्रकाशित मिति: १४ कार्तिक २०७८, आईतवार १०:१५

कांग्रेस बुढो भयो, महाधिवेशन गर्ने क्षमता छैन : ओली
बुढो हुने बित्तिकै क्षमता हराउने भए आफुले नि राजनीति छोडे भयो नि त !

प्रचण्डको आरोप खण्डन गर्दै ओलीले भने : बालुवाटारमा आफ्नै घरबाट भाँडाकुँडा लगेको थिएँ
कति भाँडाकुँडा लगेको हो ? तिनै भाँडाकुँडा बालकोट पुर्‍याउन हो कि क्या हो घर फर्किँदा त्यत्रा मान्छे पछि लागेका !

जसपा नेतालाई दाहालको प्रस्ताव- ‘ढिला नगर्नुस्, पार्टी एकता गरौं’
‘ढिला नगर्नुस्’ त भनियो तर बाबुराम भट्टराईलाई हतार छैन होला !

भोलिको चुनावमा ओलीको पार्टी टर्च बालेर खोज्नुपर्छ : माधव नेपाल
मोबाइलको फ्ल्यासले काम गर्न छोड्यो भनेमात्र हो !

काठमाडौँका एसएसपी सरुवा विवाद : गृहमन्त्री भन्छन्–‘प्रधानमन्त्रीसँग असमझदारी छैन’
भएपनि अहिले भन्न मिल्दैन !

जहाँ बिहेका जन्ती र पाहुना पनि भाडामा पाइन्छ
पैसा भएपछि त वर/वधु पनि भाडामा पाइन्छ नि !

हिन्दुराष्ट्र र राजसंस्थाको मुद्दा उठाउछौं : राप्रपा
राजसंस्थाको मुद्दा उठाउने काममा राप्रपाको सर्वाधिकार सुरक्षित छ !

सोरुमबाट सटरको ताला काटेर मोटरसाइकल चोरी गर्ने चार जनालाई प्रहरीले गर्‍यो सार्वजनिक
चोर भएर के भो, फर्स्ट ह्याण्ड मालको रहर सबैलाई हुन्छ !

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु विभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्विरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभारसहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com