पासपोर्ट बनाउने मध्ये ८०% डिभीवाला, बाँकी २० % लाई डिभी खुलेको थाहै भएन 🤣 नत्र…!

प्रकाशित मिति: १५ कार्तिक २०७८, सोमबार ११:२८

प्रधानन्यायाधीश जबराले राखे सम्मानजनक निकासको प्रस्ताव
महाभियोगको प्रस्तावले जबरा थर्थरा !

पासपोर्ट बनाउनेको भीडमा ८० प्रतिशत डीभी भर्नेहरू !
बाँकी २० प्रतिशतलाई डिभी खुलेको पत्तो नभएको !

न्यायालय विवादमा फसेका बेला प्रधानमन्त्री विदेश जानु गलत : पूर्वराष्ट्रपति यादव
त्यही आरोप नलागोस भनेर गृहमन्त्रीलाई कार्यवाहक बनाइदिएको, कस्तो थाहा पाइदिएको !

पूर्वराष्ट्रपतिको प्रश्‍न – प्रधानन्यायाधीशले राजीनामा दिन्‍न भनेर कसको आडमा भनिरहेका छन् ?
‘प्रधान’न्यायाधीश भएको आडले होला !

बालुवाटार भित्रै हेलिप्याड, केपी ओलीको पालामा भ्रष्टाचारले सीमा नाघ्यो: माधवकुमार नेपाल
‘भाँडाकुँडामात्र नभइ हेलिप्याड पनि आफ्नै घरबाट लगेको थिएँ’ – ओली

एमसीसी पास नभई संसद अधिवेशन अन्त्य भएपछि दुःखी हुँदै अमेरिकाले भन्यो-‘अब जे गर्नु गर’
दुःखी भन्दा पनि रिसाएर भनेजस्तो छ !

बुद्ध दर्शनले नेपाललाई विश्वभर चिनाएको छ : राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना
आधालाई नेपाल के हो थाहा छैन, आधालाई बुद्ध भारतमा जन्मेका हुन्, कुन विश्व ?

न्यायपालिकाको समस्यामा दलहरु चुप लागेर बस्न मिल्दैन
बोल्न पाउनेहरु त बोलेका बोलै छन् !

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु विभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्विरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभारसहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com