देउसी टाईम : कतै ९ बजेसम्म, कतै १० बजेसम्म, कतै रातभरी !

प्रकाशित मिति: १७ कार्तिक २०७८, बुधबार १०:४४

सत्ता गठबन्धनलाई ईश्वर पोखरेलको चुनौती : ‘चुनावमा एक्लै एमालेसँग लडेर देखाऊ’
सत्ता ‘गठबन्धन’ हो, कसरी एक्लै लड्नु ?

‘ओलीले ज्ञानेन्द्रका मान्छेसँग भेटेर मौका आयो भने गणतन्त्र उल्ट्याउने हो भनेछन्’ – प्रचण्ड
ओलीको राजा ओलीको देश ओलीको प्राणभन्दा प्यारो छ !

प्रधानन्यायाधीशको राजीनामा माग्दै पौडेलले भने- ‘छिटो छोडे सम्मानजनक नत्र सम्मानजनक’
सम्मानजनक भनेर फुलमाला पर्खेर बसेको होला !

ग्लास्गोमा नेताहरूले कुहिना जोडे, मास्क लगाउन छोडे !
नमस्ते हुँदा हुँदै कुहिनो किन जोड्नुपर्‍यो ?

अब एमालेको सरकार बनेपछि कसैले ढाल्न सक्दैन : ओली
फेरी संसद विघटन गर्यो भने चाहिँ ?

आफूलाई पाण्डवको संज्ञा दिँदै प्रचण्डलाई ओलीको जवाफ : कुरुक्षेत्रको युद्ध कौरवहरुले जितेको होइन
हामीचाहिँ धृतराष्ट्र, केही नदेखेजस्तो गर्छौँ !

कुलमान घिसिङले भने, ‘तिहारमा बत्ति अभाव हुँदैन’
भएपनि कुलमानले गाली खाँदैनन् !

काठमाडौं उपत्यकामा राति ९ बजेसम्म मात्र देउसीभैलो खेल्न पाइने
कास्कीमा १० बजेसम्म खेल्न पाईन्छ भनेर पोखरा जानेको भिड बढ्दो !

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु विभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्विरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभारसहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com