‘जात्रा हेर्न आउनु भएको ?’ कुलमानको प्रश्नमा कर्मचारीको जवाफ- ‘हेरौं न त !’

प्रकाशित मिति: १७ कार्तिक २०७८, बुधबार २१:०४

सबस्टेसन मर्मतमा ढिलाइ भएपछि कर्मचारीलाई कुलमानले सोधे- ‘जात्रा हेर्न आउनुभो ?’
ढिलाई भएको देखेपछि कुलमानलाई आफु चाहिँ जात्रा हेर्न आएजस्तो भयो !

‘एक्लाएक्लै चुनाव लडे एमाले तेस्रो हुन्छ’ : गगन थापा
‘टप थ्री’मा पर्नु भनेको राम्रो कुरा हो नि !

‘न्यायालयमा देखिएको समस्याको जड ओली नै हुन्’ : गगन थापा
ओलीको पद खुस्किसक्यो, समस्याको जड ओली नै हुन् भने त प्रधानन्यायाधिशलाई पद राख्न दिए भयो नि !

राजेन्द्र राई : ‘सांसद बन्न चाहन्थे, मुख्यमन्त्री भए’
मुख्यमन्त्री बन्न चाहेको भए प्रधानमन्त्री पो बनिन्थ्यो कि ?

जग्गादातासँग एमाले अध्यक्ष ओलीले भने – ‘दान गर्दा सन्तुष्टि हुन्छ’
ओलीको सन्तुष्टि : अरुले दान गरेकोमा भर पर्ने !

‘फेसियल रिकोग्नेसन सफ्टवेयर’ प्रयोग नगर्ने फेसबुकको घोषणा
दिनहुँ सेल्फी पोस्ट गर्ने साइटमा ‘फेसियल रिकोग्नेसन सफ्टवेयर’ किन चाहियो ?

पूर्वप्रधानन्यायाधीश श्रेष्ठ भन्छन्- ‘दलहरू जनतामाथि आधिपत्य जमाउन खोज्दैछन्’
यो समाचार होइन, चलिआएको चलन हो !

‘एकीकृत समाजवादीको ठेगाना प्रस्ट छैन, महाधिवेशनमा बोलाउँदैनौँ’ : एमाले
पुराना साथीहरुको नम्बर सेभ गरेको होला त, किन चाहियो ठेगाना ?

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु विभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्विरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभारसहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com