पटाका पड्काउने चलन कसले, कहिले र किन शुरु गर्यो ?

प्रकाशित मिति: १९ कार्तिक २०७८, शुक्रबार ११:१३

‘टोपी लगाएर गएको थिएँ, बाइडेनले चिनिहाले’ : देउवा
बाइडेनलाई चिन्न भने सबैभन्दा बुढो गोरो मान्छे खोज्दा हुने !

‘पुष्पकमलले गणतन्त्र भन्नुभन्दा २५ वर्षअघि हामीले गणतन्त्रको अभियान थालेका थियौँ’ : ओली
त्यो गणतन्त्र अभियान थिएन, बामपन्थी आन्दोलन थियो !

‘जनताको पक्षमा काम नगरे मन्त्रीलाई कारबाही गर्छौं’ : प्रचण्ड
पार्टीको पक्षमा काम नगर्नेलाई झन् के के गर्ने हुन् !

माधव नेपालले भने – ‘जो हमसे टकराएगा, चुरचुर होजाएगा’
अनि भारतीय मिडियाले पायो – बोल्ने ठाउँ !

पटाका पड्काउने चलन कहिलेबाट सुरु भयो ?
भारतको देखासिखी गर्न थालेदेखि !

अमेरिकी राष्ट्रपति बाइडनले भने – ‘जलवायु सम्मेलनमा सीको अनुपस्थिति ‘ठूलो भुल’
सीलाई चीनसँग मतलब छ, जलवायु परिवर्तनले चीनलाई असर गर्दैन !

फेसबुकले किन गर्‍यो तस्बिरमा मानिसको अनुहार चिन्ने सफ्टवेअर प्रयोग नगर्ने निर्णय
व्यापारलाई गाह्रो पार्न थालेको देखेर !

‘एमसिसीका विषयमा काँग्रेसका नेता र कार्यकर्ता बोल्न डराए’ : सहमहामन्त्री डा महत
देउबाले बोले पुगिहाल्यो नि !

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु विभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्विरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभारसहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com