विकीको मम्मी अर्थात् दुर्गा भौजुका दुईवटा सपना !

प्रकाशित मिति: २४ कार्तिक २०७८, बुधबार ०६:५८

विकी अग्रवालकी आमा अर्थात् हामी सबैकी दुर्गा भाउजु । ‘थापा मगर’कि छोरी दुर्गाले कालुराम अग्रवालसँग अन्तरजातीय विवाह गरिन् । उनिहरुका चार छोरा जन्मिए, सबै आ-आफ्ना ठाउँमा सक्षम र सफल थिए । अन्तर्जातीय विवाहको सुन्दर र सफल उदाहरण कालूराम अग्रवाल र दुर्गा थापा मगरको जोडी दैवले टुटायाे, हार्दिक श्रद्धाञ्जली भौजु 🌷

उसो त कालुराम अग्रवालका मवली पनि मगर हुन् । ‘मानिसको अन्तरास्ट्रिय जाती हुनेछ’ भन्ने उदाहरण यो परिवार हो । नेपालको देउसी भलो हेर्न र विकीलाई काठमाण्डुमा सेटल गराउन आएकी दुर्गा भाउजू कहिल्यै नफर्किने गरि अस्ताईन् ।

आफ्नै जन्मथलोमा सद्गती गर्न हिजै उहाँको शव सिक्किम लगिएको छ । शव लिन सिक्किमबाट नेपाल आएका कालुराम पत्नी वियोगमा डाँकाे छोडेर रोईरहेका थिए । मातृवियोगमा छटपटिएका कालुराम-दुर्गाका छोराहरुको आँसु थामिएको थिएन । सबैभन्दा ठूलो आघात विकीलाई परेको देखिन्छ ।

‘३ बजे स्वस्थ आमालाई कोठामा छोडेर निस्किएका विकी ७ बजे फर्कँदा बेहोस थिईन् । हतार हतार अस्पताल पुर्याउदा मृत घोषणा गरियो । यो सबैको दोष विकीले आफुलाई दिईरहेकाछन् । उनलाई यो आत्मग्लानी र पीडाबाट बाहिर निकाल्न तपाईं हाम्रो प्रार्थना र हौसलाको आवस्यकता छ ।

विकी, मन र मष्तिष्कबाट तिमी रोउ, चिच्याउ, कराउ, हृदयलाई सफाई गर । तर, यो पीडालाई आफ्नो अवचेतनमा पस्न नदेउ । प्रकृतिको नियमलाई स्विकार गर । तिमीले आफ्नो बाबा, दाजुहरु र हामीलाई अझै धेरै हँसाउनु छ । तिमी सधैंभरी रोईरह्यौ भने आमाको आत्मापनि दु:खीत भैरहनेछ । हाँस्याै हँसायाै भने आमाको आत्मालाई पनि मुलमा फर्कन सहयोग पुग्ने छ । Stay Strong Man💪

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com