संसारको सबैभन्दा लामाे जवाफ ! सुन्ने बेहोस, पढ्ने कोमामा !!

प्रकाशित मिति: २४ कार्तिक २०७८, बुधबार १०:००

नारायण अधिकारी, भर्जिनिया (अमेरिका)

: कमरेड, यसपालि अधिवेशनमा जाने हो, चितवन ?

कमरेड: मानव सभ्यताको विकास हुने क्रममा एक कोषीय जीवबाट उत्पत्ति भई बहुकोषीय हुँदै बाँदर जस्तै प्रजातिमा विकसित भएर ढुङ्गे युगबाट अगाडि बढी खेतीपाती युगमा प्रवेश गरेको मान्छेको समूह पछि सामूहिक खेती प्रणाली र समाजमा रूपान्तरित भएपछि विभिन्न आवश्यकता र पहिचानको खोजी गर्दै जाँदा मानव समाज दास युगबाट सामन्ती समाज र राज्यको उत्पत्तिपछि उपनिवेशवाद हुँदै विस्तारवाद साम्राज्यवादको युगमा आइपुगेपछि मार्क्सवादको जन्मले मान्छे मान्छेबीचको भेदभाव हटाउन र समानताको लागि रक्तपातदेखि शान्तिको मार्गबाट विश्वभरका श्रमजीवी वर्ग, मजदुर किसानहरूको हितको अभियानमा लाग्ने प्रण गर्दै जीवनकै आहुति दिन पछि नपर्ने हामी जस्ता जनतामा समर्पित पार्टीका लडाकु शुभचिन्तकहरू देश र जनताको बृहत् हितका लागि पृथ्वीको एसिया महादेशस्थित सगरमाथा, सीता, भृकुटी, जनक, बुद्धको जन्म भएको देश नेपालको चितवन ……….

म: ल भयो कमरेड कुरा बुझें ……. 😃😀😃😀

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com