एमसिसीबारे मध्यमार्गी बिचार, फिर्ता लिए राम्रो, नलिए झन् राम्रो !

प्रकाशित मिति: २५ कार्तिक २०७८, बिहीबार १०:१३

अमेरिकाले एमसीसी फिर्ता लिनु राम्रो हुन्छ : बामदेव गौतम
अनुदान नलिने भए नलिए भैगो नि किन अमेरिकाले फिर्ता लिनु !

माओवादी नेता रामचन्द्र झा एकीकृत समाजवादी प्रवेश गर्ने
गठबन्धन हुन्जेल त जो जता प्रवेश गरे पनि भयो !

चिनियाँ नेताको आलोचना गर्दै दलाई लामाले भने : भारतमै बस्न चाहन्छु
भारतमै बसेर त आलोचना गर्न सजिलो भयो नि !

गृहमन्त्री खाणले भने – ‘पार्टी सभापति र प्रधानमन्त्री एउटै व्यक्ति हुनुपर्छ’
अनि थपे, ‘भएजति सबै मन्त्री पनि त्यही व्यक्तिले खानुपर्छ !’

पूर्वराजालाई प्रधानमन्त्री देउवाको चुनौती : चुनाव लड्न आए हुन्छ
चुनौती स्वीकार गर्दै पुर्वराजा ज्ञानेन्द्रले गरे राप्रपा प्रवेश गरी गोर्खाबाट चुनावमा उठ्ने घोषणा !

मलद्वारमा लुकाएर ल्याएको आधा किलो सुनसहित भारतीय नागरिक विमानस्थलबाट पक्राउ
मल्द्वारमा लुकाउने नै भएपछि एक किलै सुन लुकाएर ल्याउनु नि !

६ बोतल रक्सी ल्याउन नपाउँदा कर्मचारी कुट्ने पर्यटन बोर्डका सीईओलाई मन्त्रीले डाके, रेग्मी भन्छन् : मलाई फसाइयो
‘खासमा ७ बोतल रक्सी ल्याएको हो, खै कसरी ६ बोतल भएछ अनि मान्छे कुट्न पुगेछु’ – रेग्मी

एलन मस्कले दुई दिनमा ५० अर्ब डलर गुमाए
यो समाचार छापिन्जेलसम्म उनले त्यो ५० अर्ब फेरी कमाइसकेको !

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु विभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्विरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभारसहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com