सरकार : तीन वर्ष उखान टुक्कामा बित्यो, अब दोहोरी ब्याटलमा चलाउछौँ !

प्रकाशित मिति: २६ कार्तिक २०७८, शुक्रबार २०:५१

सार्वजनिक यातायातमा फिर्ता नहुने रु.२ को हिसाब : दैनिक करिब ४० लाख ठगी !
यात्रुसहित खलाँसीहरु पनि ठगिएको रिपोर्ट !

तंग्रिदै चलचित्र उद्योग, धमाधम प्रदर्शन मिति तोकिँदै
प्रदर्शन मिति तोकिँदैमा तंग्रिने भए दर्शक किन चाहियो ?

‘तीन वर्ष उखान टुक्का चल्यो, हामी काम गर्छौं’ : मन्त्री श्रेष्ठ
कामै उखान टुक्का चलाऊने भएपछि पछिल्लो सरकारले काम गरेकै हो नि !

३० लाखमा बिक्यो भुस्याहा कुकुर
भुस्याहा कुकुर देख्ने बित्तिकै ढुङ्गा हान्ने हाम्रो देश नेपालमा त पक्कै होइन !

पेट्रोलियम पदार्थको मूल्य वृद्धि विरोधमा प्रधानमन्त्रीको पुत्ला दहन
पुत्ला दहन गर्दा भने मूल्य वृद्धि भएकै पेट्रोल खन्याएको !

शितल निवासमा तथ्यांक विभागका महानिर्देशकले राष्ट्रपतिलाई सोधे नाम र उमेर
‘हेलिकप्टर कतिवटा छ’ भनेर सोध्दा उनले भनिन् – ‘एउटामात्र’

‘पुरुषले जस्तो महिला मन्त्रीले भ्रष्टाचार गर्दैनन्’ – मन्त्री उमा रेग्मी
कि महिला मन्त्रीले भ्रष्टाचार गरेको समाचार आएको छैन कि भ्रष्टाचार गर्ने महिला मन्त्री भएका छैनन् !

थापाथली सडक : हजारौं बिरामीलाई दुख्यो, दुखेन सरोकारवालालाई
सबैभन्दा बढी भने सवारी साधनहरुलाई दुखेको !

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु विभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्विरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभारसहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com