शुल्क बढी लिएको भन्दै आगजनी, आगजनी गरेको भन्दै शुल्क वृद्धि !

प्रकाशित मिति: १ मंसिर २०७८, बुधबार ११:१५

बन्दको परवाह नगर्ने कर्मठ टेम्पो चालकहरू
अनि कर्मठ टेम्पो चालकहरूको परवाह नगर्ने विप्लवका कार्यकर्ताहरु !

महाधिवेशनअघि एमालेमा ‘सन्नाटा’ !
ओली चुप बसेपछि एमालेमा ‘सन्नाटा’ भैहाल्छ नि !

‘भारतले हाम्रो बिजुली नकिन्न सक्छ, आफैं खपत बढाऔं’: देउवा
सबै घरमा बिजुली पुगोस् अनि खपत आफैँ बढ्छ !

रुसले बिस्फोट गरायो जासुसी उपग्रह : रिसमा अमेरिकाले भन्यो, ‘जवाफ पाउनेछौ’
रुस भने त्यो जवाफको जवाफ लिएर तयार बसेको !

बाइडेनलाई चिनियाँ राष्ट्रपतिको चेतावनी : ‘अमेरिकाले आगोसँग नखेलेकै राम्रो’
अमेरिकाको काम कि आगोसँग खेल्ने हो कि आगो लगाउने हो !

सत्ता गठबन्धनले प्रधानन्यायाधीशलाई भन्यो : ‘अदालतको गतिरोध तत्काल अन्त्य गराउनु’
‘सम्मानजनक अन्त्य भए मात्र’ – प्रधानन्यायाधीश

सरकारी बिद्यालयले चर्को शुल्क लिएको भन्दै आगजनी र तोडफोड
आगजनी र तोडफोडको क्षतिपुर्ती भन्दै शुल्क झन् बढाउलान् फेरी !

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु विभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्विरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभारसहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com