राज्यका चार अंग : कार्यपालिका भताभुङ्ग, व्यवस्थापिका लथालिङ्ग, न्यायपालिका बाङ्गबुङ्ग, पत्रकारिता लिण्ठिङ्ग !

प्रकाशित मिति: २ मंसिर २०७८, बिहीबार ११:१९

पार्टी सभापति र प्रधानमन्त्री फरक व्यक्ति भए द्वन्द्व बढ्छ : गृहमन्त्री
धम्की हो कि चेतावनी, कुरा सुन्दा त द्वन्द्व आँफै बढाउँछन् जस्तो छ !

शशांकको टिप्पणी : रामचन्द्र लडिसक्नुभो, प्रकाशमानलाई काठमाडौंबाहिर चिन्दैनन्
देउबालाई देशभरी चिन्छन्, सभापति उनलाई छोडिदिउँ न त !

देउवाले पौडेललाई भने : चार घण्टा छलफल गरे पनि कन्भिन्स हुन्न
भनेपछि अलि समय लाग्ने रहेछ तर कन्भिन्स गर्न सकिन्छ !

एमाले अध्यक्षमा केपी ओली निर्विकल्प : कर्ण थापा
अब पार्टीमा माधव नेपाल नरहेपछि निर्विकल्प नहुने कुरै भएन नि !

एमाले नेतालाई के को डर ? मनमा छ, तर भन्न सक्दैनन्
जनताले बुझेका छन्, तर मतलब गर्दैनन् !

‘म प्रधानमन्त्री नभएपनि गठबन्धनमा शक्तिशाली नै रहेको छु’ : प्रचण्ड
ओली र देउबा दूबै डराउनुपर्ने खालको शक्तिशाली हो ?

महन्थ ठाकुर र राजेन्द्र महतोलाई सिँगारेर मधेसीको नेता भनियो : प्रचण्ड
मधेसीलाई मधेसी नेता भन्न कति सिँगार्नु पर्छ ?

अदालत वकिलहरुको कुटाकुट गर्ने थलो बनेको छ : केपी ओली
अनि संसदचाहिँ एमालेका सांसद उफ्रिने थलो बनेको छ !

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु विभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्विरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभारसहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com