कस्तुरीसँग कुकुर साट्नेहरुका नाममा !

प्रकाशित मिति: ४ मंसिर २०७८, शनिबार ०८:३९

-नर बहादुर घर्ती
रुपन्देही, फर्साटिकर ।

मुलाको पात फ्याँकेर जरो खाने गाउँमा
हिराको डल्लो छाडेर जलप रोज्ने ठाउँमा ,
के कुरा गर्नु असली लालहिराको,
यहाँ त ‘बिजली खैनी’ र ‘गुट्का’को बजार छ
नसोंचेको भाऊमा !

साँच्चैको अमिलो चुक कस्लेपो चिन्छन,
टालो पोलेर कालो मोलेको लाइन लायर लिन्छन्,
घारै नभएकाले महको व्यापार गरेपछी
सक्कली त कहाँ पो पाउँनु र हो,
फिट्किरी र सोंप मिसाएर दिन्छन्,
यहाँ बाजे नै नक्कली छन् पेडाका कुरा के,
सत्य त जनतैले पत्याउँदैनन् के बेचुन् त नेताले !

पिठै घोलेको दुधमा आदत छ सवैको,
शुद्ध त पाडाले मात्रै पो पचाउँछ तनि,
मान्छेको त कहाँ धान्छ र पेटले !
के रन्कोले ढलाउँछन् खै मठ मन्दिर शालिक !
डरले होकि छलले हो? उध्योग पस्दैनन् मालिक !

जमातै उचालिनेको छ औँलो घुसेसी कहिं
कति साँचि राख्नु यो खोपडी भित्रको गिदिलाई !
प्रयोगपनि गरन हो कहिलेकाहिं त !
किताबसित नुन , कस्तुरीसित कुकुर साट्ने !
धरहरा देखे फुलो पर्ने टावर हेर्न टिकट काट्ने,
खप्परै नक्कली हो कि, रगतमै कैफियत छ कुन्नी !

स्वदेशी केही देखि नसहनि,सिल्का हान्नी,
बिदेशी भन्यो कि जेपनि ल्याप्पै चाट्ने।
वस्त्रको धज्जी उड्छ, निर्वस्त्रको हाईहाई,
असलीका पत्तासाफ छ ,नक्कलेका वाही वाही !

चामलवाला फरार छ, पिठोवाला चम्क्या छ।
जिरा धनियाको त स्वादनी चिन्नुपर्योनी !
काठको धुलोमा स्वादले जिब्रो पड्काई छ।
ए हजुर ! सामान त उही छ, साहुले फरक पर्छ !

असलियत बुझ्दैन केही , नियतले मोलतोल गर्छ,
यहाँको बजारै यस्तो छ त के गर्ने, चल्नु त छ नै,
असली कोदाको चिन्ने त कति नै छन् र,
दाना मिसाइदिए भेलीकैले गर्छ !!
© नरबहादुर घर्ती

!

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com