ड्युटी सकिएका पाईलटको चौरजहारी समाचार, मुलधारे अनलाईन मिडिया र भुलधारे सोसल मिडिया 😀

प्रकाशित मिति: ८ मंसिर २०७८, बुधबार १०:५०

“काठमान्डौबाट रुकुमको चौरजहारी उडेको नेपाल वायुसेवाको जहाजलाई पाईलटले आफ्नो ड्युटी सकिएको भन्दै नेपालगन्जमा उतारे !” केही दिनअघि यो निकै भाईरल बन्यो ।

मुलधारदेखी भुलधारसम्मका सन्चार माध्यामले यसलाई मुख्य समाचार बनाए । अनलाईन मिडियाका सम्पादकदेखी सोसल मिडियाका सेलिब्रेटीसम्मले यसलाई सम्चार र मजाक बनायौँ तर सत्य तथ्य पत्ता लगाउने दु:ख गरेनौं ।

हवाई उडानजस्तो सम्वेदनशिल सेवामा यो हदको लापरवाही पाईलटले गरे होला र ! यस्तो गरेकै हुन् भने कुन परिस्थिति र बाध्यता थियो होला ! यो मलाई त्यतिखेरै लागेको हो । समय अभाव भनौं वा सम्योग, धन्न मैलेचाहीँ यसको मजाक बनाउन भ्याईनछु । नत्र ‘बाबापुचेम’ हुने रहेछ !

पत्रकार उमेश श्रेष्ठ सन्चालित ‘माईसंसार डटकम’ले बेलाबेला समाचारहरुको ‘फ्याक्टचेक’ गर्ने गर्छ । आज पनि यसले यो ‘ड्युटी आवर सकिएको’ समाचारको सत्य जाँच प्रकासित गरेको छ ।

पाईलटले ड्युटी आवर सकिएकै कारण त्यसो गरेका हुन् कि अरु नै कारण हो, त्यो चाहिँ खुलेको छैन । ‘काठमाण्डौबाट चौरजहारी उडेको’ भन्ने कुरा सरासर गलत भएको कुरा माईसन्सारले लेखेको छ । चौरजहारी एयरपोर्ट बन्द भएको थुप्रै भईसक्यो । प्लेन न त्यहाँ जान्छन् न त उड्छन् ।

बन्द प्रायः रहेको चौरजहारीमा ‘पाईलट पत्रकार’ले कसरी हवाई जहाज पुर्याए ? यसबारेमा माईसंसार डटकमले गज्जबको फ्याक्टचेक छापेको छ । सुन्दा हाँस उठ्छ । पढ्दा मज्जा आउँछ । मनन गर्दा सबक मिल्छ । ५ मिनेट फुर्सद भए ( यहाँ ) ट्याक्क पार्नोस् ।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com