कता हिंडिरहेको छु भन्ने थाहा नभई हिंडिरहनुको अर्थ के ?

प्रकाशित मिति: १० मंसिर २०७८, शुक्रबार ११:४२

‘एकीकृत समाजवादी पार्टी एमालेभन्दा शक्तिशाली’ : माधव नेपाल
तपाईंको पार्टी ‘एकीकृत समाजवादी’ हो, एमाले ‘एकीकृत मार्क्सबादी-लेनिनबादी’ भएकाले एमाले शक्तिशाली हो भन्ने पुष्टि हुन्छ !

‘सूर्य चिह्नमा ग्रहण लागिसक्यो‚ धाक नदिए हुन्छ’ : माधव नेपाल
चुनाव नजिति त धाक नयाँ पार्टीको पनि नदिँदा हुन्थ्यो !

बेलायतमा गाईको गोबरबाट बिजुली उत्पादन, एउटा गाईको गोबरले ३ घर झलमल
नेपालमा गरेको भए तिहारमा ‘हरियो गोभरले बालेको लक्ष्मी पूजा गरेको’ भन्न पाइन्थ्यो नि !


दाहाललाई चन्दको आग्रह- ‘हाम्रो पार्टीमा आउनुस् मिलेर काम गरौं’
मिलेर काम गर्न मन लागेको आफुलाई अनि पार्टी फेर्नुपर्ने प्रचण्डले ?

‘केपी ओलीको विकल्प छैन’ : प्रदीप ज्ञवाली
विकल्पको कल्पना गरेर भीम रावल उठिसके !

‘काँग्रेसको पुच्छर समातेर हिँडेकाहरूले फुर्ती लगाइरहेका छन्’ : ओली
तर प्रधानमन्त्रीको पद खुस्केपछिको ओलीको फुर्तीसँग तुलना गर्न सकिँदैन !

‘कता हिँड्दै छौं भन्ने हामीलाई थाहा छैन !’ – घनश्याम भुसाल
जनताले भन्ने कुरा नेताको मुखबाट निस्केपछि हेर्नुस् के भयो !

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु विभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्विरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभारसहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com