व्यसन, अधिवेशन, महाधिवेशन र दुर्व्यशन !

प्रकाशित मिति: १५ मंसिर २०७८, बुधबार ०९:४३

अध्यक्षको शपथ ग्रहणपछि ओलीले भने – ‘हाम्रो पार्टीलाई बाह्य र आन्तरिक हमला भइरहेको छ’
बाह्य हमलाको मात्र चिन्ता लिनु, आन्तरिक हमलाले फेरी ओलीलाई नै अध्यक्ष चुनेको पार्टीलाई के नै गर्छ र !

‘ओलीको डिक्सनेरीमा सहिष्णुता भन्ने शब्द छैन’ : विश्वप्रकाश शर्मा
ओलीसँग डिक्सनेरी छैन, टुक्काको संग्रह मात्र छ !

प्रकाशशरण र विश्वप्रकाशलाई देउवाले भने – ‘बुढापाकाको अर्ति सुन्नु, हतार नगर्नू’
सिधै ‘सभापति छोड्ने वाला छैन’ भन्नु नि !

अध्यक्षमा हारेर केन्द्रीय सदस्य अस्वीकार गरेका भीम रावलको अबको भूमिका के होला?
केन्द्रीय सदस्य अस्वीकार गरेपछि अबको भूमिका एमालेमै रहिरहने तर केही नगर्ने !

दोहोर्‍याइ-दोहोर्‍याइ बद्री पंगेनीको गीत बजाएपछि ईश्वर पोखरेलले प्राविधिकलाई भने, ‘एकोहोरो त्योमात्र नबजाउनुस न’
एमालेको कार्यक्रममा बद्री पंगेनीकै गीत दोहोर्‍याएर बजाउने हो, पशुपति शर्माको हैन !

सलमान खानले ‘अन्तिम’ फिल्म हेर्न पुगेका फ्यानलाई भने : ‘हलभित्र पटाका नपड्काउनुस्’
अरुका फ्यान ताली पड्काउछन्, सल्लुका फ्यान हलभित्र पटाका पड्काउछन् !

१९ वर्ष ‘रजगज’ गरेका कमल थापा कमजोर बन्दैछन् ? लिङ्देनलाई पूर्वराजाको पनि साथ !
राप्रपाका नेतालाई पूर्वराजाको साथ नहुँदा पो अचम्म मान्नु !

राजनैतिक पार्टीहरु अधिवेशन र महाधिवेशनमा व्यस्त, जनताका मुद्धा जस्ताको तस्तै 
व्यसन, अधिवेशन, महाधिवेशन र दुर्व्यसन सुन्दा उस्तै लाग्दैन त ?

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु विभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्विरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभारसहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com