राप्रपा महाधिवेशनमा कम्युनिष्ट नेताको लर्को, कारण त्यही हो कि अर्को ?

प्रकाशित मिति: १६ मंसिर २०७८, बिहीबार ११:५८

सिंहदरबारमा गोली चल्दा असईलाई नसियत, टिकटक बनाउने पीएसओ पनि कारबाहीमा
अब सरकारले नै टिकटककोलागी भनेर ‘प्रप गन’ उपलब्ध गराइदिनु पर्‍यो !

राप्रपालाई माधव नेपालको सुझाव : ‘परिवर्तनको गतिलाई रोक्ने र पछाडि धकेल्ने काममा नलागौं’
राप्रपाको पनि माधव नेपाललाई त्यही सुझाव भएको !

‘लोकतन्त्रवादीहरू राजसंस्थासँग तर्सनु पर्दैन’ : कमल थापा
पर्दैन तर राजसंस्था चाहिं लोकतन्त्रबादीहरुबाट तर्सनु पर्छ !

‘राप्रपाको र मेरो राष्ट्रवाद उस्तै हो’ : प्रचण्ड
त्यसोभए अब राजतन्त्र फर्काउन लागिपरे भयो नि त !

‘ताइवानमाथि चीनले आक्रमण गरे जापान र अमेरिका चुप बस्दैनन्’ : सिन्जो आबे
तेस्रो विश्वयुद्धकोलागी धैर्यताका साथ पर्खिरहेका छौं !

‘पार्टीलाई विधि, सिद्धान्तअनुसार हिँडाउन अन्तिमसम्म प्रयास गरेँ’: भीम रावल
‘अनि अध्यक्ष नपाएपछि केन्द्रिय सदस्यता अस्विकार गरेँ !’

‘राप्रपाले नसघाए खड्ग ओलीले चुनाव जित्दैनन्’ – राम थापा
नसघाए अबको चुनावमा राप्रपाबाट दमकमा कसलाई उठाउन लागे र ?

राप्रपाको महाधिवेशनमा सीपी मैनाली र प्रचण्डको जुहारी
सबै मनोरन्जन एमालेकै महाधिवेशनमा हुनुपर्छ त ?

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु विभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्विरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभारसहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com