उपाध्यक्षले किन गनिन् अध्यक्षका दाँत ?

प्रकाशित मिति: २२ मंसिर २०७८, बुधबार ११:५०

‘सहमति नजिक छौं, भोलिसम्म निर्णय गर्छौं’ : रामचन्द्र पौडेल
सहमति गर्ने निर्णय कि निर्णय गर्ने सहमति ?

शशांक कोइरालाले छाडे सभापतिको उम्मेदवारमा दाबी
त्यसो गर्दा न सभापति हारियो न हिम्मत हारियो !

‘प्रधानन्यायाधीश हटाउँदैमा न्यायालय सुधार हुँदैन’ : ओली
प्रधानमन्त्री हटाउँदा देश सुधार नभए जस्तै त हो नि !

‘कांग्रेस अब पनि नसुध्रिए समाप्त हुन्छ’ : गगन थापा
सुधार्ने भित्रबाट हो, हामी त कि सप्रेको कि समाप्त भएको हेरेर बस्ने हो !

‘एमालेको सम्पत्ति ओलीले खोसेका छन्’ : माधवकुमार नेपाल
त्यही सम्पत्तिको अंशबन्डा नमिलेर घर छोडेको हो ?

बाइडेन राष्ट्रपति भएपछि अमेरिकी सेनाप्रतिको विश्वास घट्यो
अफगानिस्तानबाट सेना निकालेपछि कामै केही गर्नु परेको छैन त कहाँंबाट बढोस् त विश्वास !

गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीच बैठकमै कुटाकुट, अध्यक्षको दाँत भाँचियो
उपाध्यक्षभन्दा अध्यक्ष शक्तिशाली रहेछन्, फेरी चुनाव गर्नु पर्ने देखियो !

किन दिनदिनै पूर्वराजा ज्ञानेन्द्रमाथि खनिइरहेका छन् कमल थापा?
आफ्नो खेलौना अरुलाई दिए भनेर हो कि ?

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु विभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्विरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभारसहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com