कसको सरकार बन्ने भन्ने कुरा नेतामा भर पर्छ कि जनतामा ?

प्रकाशित मिति: २५ मंसिर २०७८, शनिबार ११:२६

रमेश खरेलले गरे नयाँ पार्टी घोषणा
फ्रि टाइममा केही त गर्नु पर्‍यो नि !

भोट माग्दै देउवाले भने – ‘मलाइ एकपल्ट जिताइदिनुस्’
पार्टीलाई भनेको कि भगवानलाई भनेको ?

‘गाउँदेखि केन्द्रसम्म कांग्रेसको सरकार हुन्छ, त्यो मेरो जिम्मा भयो’ : देउवा
त्यो त भोट दिनेको जिम्मा होइन र ?

प्रचण्डतिर इंगित गर्दै ओलीले भने : ‘कांग्रेसले औंलो दिएन भने के हुन्छ भन्ने पिर छ’
औंलो दिएन भने औंलो ठड्याउन थाल्ने !

राजेन्द्र लिङ्देनलाई ओलीले भने : ‘भर्खर-भर्खर जन्मेको बाच्छो हिँड्न जान्दैन’
बुढो गाईलाई पनि खुट्टा टेक्न त गार्हो होला नि !

‘राजतन्त्रको कुनै भविष्य छैन, पूर्व राजाले पनि पार्टी खोले हुन्छ’ : माधव नेपाल
किन खोल्नुपर्‍यो नयाँ पार्टी, राप्रपा आफ्नै जस्तो त हो नि !

गगन थापाले छोडेको आक्रोशमा सिटौलाले भने– ‘जो युवा मसँग रहन्छ, अघि बढिरहन्छ’
आफुसँग नहुने युवालाई अघि बढ्नै नदिने हो त ?

‘हामीले हातेमालो गरेर एकअर्कालाई प्रधानमन्त्री बनाएर राजनीतिक संस्कार देखाएका छौँ’ : दाहाल
त्यो राजनीतिक संस्कारभन्दा पनि व्यापारिक संस्कार होला !

गुगल क्रोम प्रयोग नगर्न माइक्रोसफ्टको अनुरोध
एन्ड्रोइड र एप्पल पनि चलाऊन छोडिदिनु कि ?

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु विभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्विरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभारसहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com