सिसिटिभीबाट अधिवेशनको निगरानी, फुटेजमा देखियो केही न केही !

प्रकाशित मिति: २८ मंसिर २०७८, मंगलवार १४:१४

‘एमाले र कांग्रेसको महाधिवेशन भीड जम्मा गर्ने थलोमात्रै’ : प्रचण्ड
माओवादीको महाधिवेशनमा के फरक हुने हो !

‘आगामी चुनावमा एमालेले कुनै मोर्चाबन्दी गर्नु पर्दैन’ : ओली
आगामी चुनावमा नपरे त्यसपछिकोमा चाहिँ पक्कै गर्नुपर्छ !

‘सभापतिमा निर्वाचित भए तीनै तहमा पार्टीलाई बहुमत दिलाउँछु’ : देउवा
नभए चाहिँ एक तहमा मात्रै कि बहुमतको बाल हो ?

प्रहरीले हटायो कांग्रेसको उम्मेदवारको प्रचार सामग्री
प्रहरीले आँफै काम गरेको हो कि माथिको आदेश हो ?

यो हो मुठीमै अट्ने विश्वको सबैभन्दा सानो हेलिकोप्टर, मूल्य डेढ करोड
माफ गर्नुहोला, त्यो हेलिकप्टर होइन केवल एउटा महँगो खेलाउना हो !

‘देउवाजीले मेरो घरमा गुप्तचर पठाउनुभयो’ : शेखर कोइराला
गुप्तचरले थाहा पाएको कुरा : कोइरालाले गुप्तचरको बारेमा थाहा पाएको !

दिल्लीमा बाहिरभन्दा घरभित्र बढी प्रदूषण
काठमाडौं र दिल्लीमा के फरक छ भनेर सोध्दा ‘काठमाडौंमा चाहिँ घरभित्र प्रदूषण हुँदैन’ भन्नु !

३२ वटा सिसिटिभीबाट कांग्रेस महाधिवेशनको निगरानी
त्यत्रा सिसिटिभीबाट हेर्दा पनि देउबा बाहेक अरु कसैले सभापति जित्ने नदेखिएको !

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु विभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्विरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभारसहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com