‘जाेसँग गाँठ, त्यहीसँग साँठ !’ साँठगाँठ विज्ञ

प्रकाशित मिति: १ पुष २०७८, बिहीबार १५:०७

‘माओवादी केन्द्रलाई पहिलो पार्टी बनाएरै छाडिन्छ’ : नेता लिलामणि पोखरेल
कुरा सुन्दा त अर्को युद्ध सुरु गर्छन् जस्तो छ !

‘प्रचण्डसँग साँठगाँठ गरेर माघ १९ मा उपद्रव मच्चाइयो, ज्ञानेन्द्र रोल्पा–रुकुम पुगे’ : ओली
त्यस्तो थाहा पाई पाई पनि किन एकता गरेको त, कि हिजो भर्खर थाहा भएको हो र ?

‘प्रचण्ड र माकुने एन्ड कम्पनी अस्थिरताका संवाहक हुन्’ : ओली
तीन बर्ष स्थिर रहेको सरकारले के नै गर्‍यो र !

‘भाग खोज्दैनौं, सहकार्य र संघर्ष दुबै गर्छौं’ : गगन थापा
भाग नखोजी पनि के राजनीति भयो र !

‘कांग्रेसले कम्युनिष्ट पार्टी मिलेनन् भने मात्रै निर्वाचन जित्छ’ : गगन थापा
यस्तो पो हो त आशाबादी भनेको !

भारतीय प्रधानमन्त्री मोदीको ट्विटर ह्याक, बिटक्वाइन स्वीकार गर्ने घोषणा !
ह्याक नै गरिसकेपछि ईस्लाम स्वीकार गर्ने घोषणा गर्नु नि !

साउदी अरबमा ऊँट सुन्दरी प्रतियोगिता !
ऊँट जहाँ पाइन्छ, ऊँट सुन्दरी प्रतियोगिता त्यहीँ त हुन्छ नि !

‘मेरो राजनीतिक यात्रा नयाँ ढंगले सुरु भएको छ’ : शेखर कोइराला
पराजित भएपछि त्यही त भन्नु पर्‍यो नि !

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु विभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्विरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभारसहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com