गगन माने आकास, मुस्कुराउने विश्व प्रकाश !

प्रकाशित मिति: २ पुष २०७८, शुक्रबार १०:०८

गठबन्धन भत्काउने शर्तमा एमसीसी अनुमोदन गराउन एमाले तयार !
‘गठबन्धन भत्काउन एमाले तयार’मात्रै भनेको भए पनि कुरा बुझिन्थ्यो !

भीम रावलको प्रश्न– ‘संसदको अवरोध एमसीसी पास गर्ने खेल त होइन ?’
एमालेको अवरोध एमालेलाई नै थाहा होला नि !

‘प्रचण्डपथ छोड्नु माओवादीको गम्भीर गल्ती थियो’ : जनार्दन शर्मा
त्यो भन्दा गम्भीर गल्ती त ओलीपथ समात्नु थियो होला नि !

‘पार्टीमा पुस्तान्तरण भएको छ, अब वैचारिक रुपान्तरण गर्नुपर्छ’ : प्रदीप पौडेल
जति पुस्तान्तरण भएपनि सभापति जितेका देउबाले नै हुन्, रुपान्तरण कसले गरिदिने ?

‘शेयर बजारबारे मेरो विश्लेषण पार्टी र लगानीकर्ताको हितमा छ’ : प्रचण्ड
साम्यवादको हितमा पनि रहेको कुरा बिर्सिनु भएन नि काम्रेड !

‘अमेरिकाले अफगानिस्तानमा आर्थिक संकट उत्पन्न गराउँदैछ’ : तालिबान
तालिबान आँफैले देशमा उत्पन्न गराएको संकटको बारेमा कसले भनिदियोस !

‘तालिबान जबर्जस्ती काबुल छिरेका होइनन्, मैले बोलाएको थिएँ’ : अफगानिस्तानका पूर्व राष्ट्रपति हामिद
त्यही भएर त ‘पूर्व’ राष्ट्रपति भैयो नि !

रक्षामन्त्रीबाट राजीनामा दिँदै रिजालले भने – ‘भावावेशमा होइन, नैतिकताका आधारमा राजीनामा’
अरु मान्छे न भावावेशमा राजीनामा दिन्छन्, न नैतिकताका आधारमा !

डाक्टर भन्थे – ‘तिमी हिँड्न सक्दैनौ’, उनी साइकल चलाएर सगरमाथा बेस-क्याम्प पुगे
डाक्टरले ठीकै कुरा गरेका हुन्, साइकल चलाऊन सक्दैनौ भनेका होइनन् नि त !

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु विभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्विरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभारसहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com