पाउरोटीको लेवलिङ थाहा नपाउने शैक्षिक प्रणाली !

प्रकाशित मिति: ३ पुष २०७८, शनिबार १४:१०

‘सभापतिले सेञ्चुरी नहाने पनि पक्कै हाफ सेञ्चुरी हान्नु हुनेछ’ : गुरुङ
गिरिजाजस्तो मरुन्जेल कुर्सीमै बसिरहे त हानिहाल्छन् नि हाफ सेञ्चुरी !

फेरि बढ्यो झ्याप-झ्याप बिजुली जाने समस्या, के गर्दैछ प्राधिकरण ?
सुत्ने बेला भए जस्तो बत्ती बन्द गर्दैछ !

‘यूरो स्कुलका विद्यार्थीलाई लेबलिङ नगरेको पाउरोटी खुवाएको पाइयो’
पाउरोटी पनि चिन्न नसक्ने कस्तो प्रणाली हो यो !

‘एमसिसीबारे कुनै छलफल भएको छैन, हाम्रो ध्यान संसदमा छ’: एमाले महासचिव पोखरेल
संसदमा त अवरोध छ, त्यता ध्यान अलि बढी भएजस्तो छ !

‘सत्तागठबन्धन फुटाएर एमसीसी पास हुन दिन्नौं’ : माधव कुमार नेपाल
‘एमसीसी पास नहुन्जेल संसद चल्न दिंदैनौ’ – एमाले

‘जनताको एजेण्डा उठाउने माओवादी नै हो भन्ने सन्देश गएको छ’ : प्रचण्ड
त्यो सन्देशले जनतालाई हाँस उठाउने पनि माओवादी नै रहेको !

पूर्वनेता किम जोङ्ग इलको १० औं पुण्यतिथिको पूर्वसन्ध्यामा उत्तर कोरियामा ११ दिनसम्म हाँस्न लगाइयो प्रतिबन्ध
मिल्ने भए त हाँस्न मात्र हैन, सासमा पनि प्रतिबन्ध लगाउने रहेछन् !

क्यान अध्यक्ष चतुरबहादुर चन्दलाई प्रधानमन्त्रीको फोन : ‘प्रचण्डजीले समेत चासो राख्ने गरी खेलाडीलाई कारवाही किन भयो?’
प्रचण्डजीलाई आजकल जेमा पनि चासो हुन थालेको छ – अस्ति शेयरबजार, आज खेलाडीको कारबाही !

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु विभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्विरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभारसहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com