काङ्ग्रेस महाधिवेशनको प्रभाव चिलीमा, ३५ वर्षीय गेब्रियल राष्ट्रपति निर्वाचित !

प्रकाशित मिति: ५ पुष २०७८, सोमबार ११:३७

इन्टरनेटमा स्पिड बढाउने होडबाजी, गुणस्तर भने जस्ताको तस्तै
बढी स्पिड देख्ने बित्तिकै उपभोक्ताले किन्छन् भने ईन्टरनेट कम्पनीहरुलाई गुणस्तरको छु मतलब !

‘एमसीसीका कारणले गठबन्धन टुट्दैन’ : कांग्रेस नेता लेखक
‘एम’सीसीका कारणले नटुटे ‘एमा’लेका कारणले टुट्ला नि त !

माओवादी नेताले भने : ‘ओलीका कारण एमसीसी पास नहुने भो’
माओवादी चाहिँ एमसीसी पास गर्न पुरै तमतयार हो ?

‘सर्वदलीय बैठकमा एमाले उपस्थित हुनुपर्थ्यो’ : सञ्चारमन्त्री कार्की
एमाले उपस्थित नभएको बैठकलाई सर्वदलीय भन्न मिलेन नि त !

एमालेलाई माधव नेपालले भने – ‘जो चोर उसकै ठूलो स्वर’
संसद अवरुद्ध गर्न स्वर ठुलै हुनुपर्छ, के गर्नु !

‘संसदमा अवराेध गरेर एमालेले संविधानलाई नै चुनौती दिइरहेकाे छ’ : अध्यक्ष नेपाल
संबिधानको तर्फबाट चुनौती कसले स्वीकार गरीदिने त ?

काठमाडौं उपत्यकामा मागको एक तिहाई मात्र पानी वितरण
नेपालमा माग पुरा हुने भनेकै एकतिहाइमात्र हो !

३५ वर्षे गेब्रियल बोरिक चिलीको राष्ट्रपति निर्वाचित
पक्कैपनी राप्रपा र काङ्ग्रेसको प्रभाव हुनुपर्छ, ‘बुबाहरुलाई विश्राम, युवालाई मतदान’

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु विभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्विरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभारसहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com