‘अतिथी देवो: भव’ नेपाली कथन, ‘अतिथी धेर भो: अब’ – माओवादी अधिवेशन !

प्रकाशित मिति: ८ पुष २०७८, बिहीबार ११:०९

‘एमालेको संसद अवरोध मूर्खतापूर्ण’ : झलनाथ खनाल
जाबो संसद अवरोध गर्न कति नै बुद्धि चाहिने हो र !

‘सभामुख पार्टीको विशेष दूतजस्तो भए’ : एमाले सचिव भट्ट
सभामुखले अब सभातिर भन्दा पनि भित्तातिर चाहिँ मुख फर्काए हुन्छ !

‘एमसीसीबारे पार्टीको धारणा फेरिएको छैन’ : कृष्णबहादुर महरा
‘हाम्रो पनि कसैको धारणा फेरिएको छैन’ : बाँकी सबै पार्टी

‘एमालेले सबैतिर अवरुद्ध पार्ने नीति लियो’ : वाग्मती प्रदेश सरकार
आफ्नो नीति फेल खाएपछि लिने नीति त्यही त हो नि !

माओवादीले राष्ट्रिय सम्मेलनमा कुनै पनि दललाई नबोलाउने
अब माओवादीले चाहिँ एक्लै हिँड्ने अहंकार गर्दै छ कि के हो ?

‘एमालेलाई अब सरकारले दण्डित गर्न मात्रै बाँकि छ’ – बाबुराम भट्टराई
अनि एमालेलाई त्यो दण्ड मान्य हुनेछैन, त्यसको पनि अवरोध गर्नेछ !

‘हाम्रो नेता प्रचण्ड मात्रै हो’ – लिलामणि पोखरेल
आखिर के रहेछ टिके प्रथा भनेको त बल्ल बुझियो !

सानो पार्टी, ठूलो विवाद : विवेकशीलदेखि लोसपासम्म, जनमोर्चादेखि जसपासम्म !
नेपालमा विवादबिनाको पार्टी पनि के पार्टी !

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु विभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्विरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभारसहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com