प्रचण्डको रिटायर्ड, ओलीको सटायार, रामचन्द्रको टायर्ड !

प्रकाशित मिति: ९ पुष २०७८, शुक्रबार १४:१७

‘अहिले प्रचण्डकै आवश्यकता छ, हाम्रो पालो पनि आउला नि !’ – जनार्दन शर्मा
आश गरेको हो कि आश मरेको हो ?

‘साथीहरूले बस्नुपर्छ भनेर पो बसेको नत्र त म रिटायर्ड हुन चाहन्छु’ : प्रचण्ड
असली साथी भएका भए त रिटायर्ड हुन साथ दिइहाल्थे नि !

‘राजनीतिबाट विश्राम लिएको छैन, अल्पविराम मात्र हो’ : रामचन्द्र पौडेल
त्यसलाई अल्पबिराम भन्ने कि पर्खबिराम भन्ने !

व्‍यर्थै बित्यो प्रदेश १ सरकारको दुई महिना
बित्न त बित्यो नि, नबितेको भए पो गनगन गर्नु !

‘देश कांग्रेस र कम्युनिस्टको बन्धक बनेको छ’ : लिङ्देन
राजसंस्थाको बन्धक राप्रपाले फुकुवा गर्नु पर्‍यो नि त !

‘नेपाल-भारत सम्बन्ध कसैले टुटाउन सक्दैन’ : भारतीय पर्यटनमन्त्री
नेपालले नि सक्दैन, चाह्यो भने भारतले मात्र हो टुटाउन सक्ने !

अफगानिस्तानलाई प्रभावमा पार्न भारत र पाकिस्तानको कसरत
यति कसरत त भारत-पाकिस्तानको क्रिकेट म्याच अघि पनि हुँदैन !

‘गठबन्धनको सरकार निकम्मा’ : केपी ओली
यही सरकार हुँदा यति धेरै पार्टीको अधिवेशन भएको छ, कसरी निकम्मा !

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु विभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्विरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभारसहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com