सरकारले आफैं ‘म्यानपावर कम्पनी खोल्न आँट्यो कि क्या हो !

प्रकाशित मिति: ११ पुष २०७८, आईतवार १७:२५

‘चुनावसम्म संसद अवरोध गरिरहन्छौं’ : ओली
हट्ने होइन, रोकी बस्ने एमालेको बानी हुन्छ !

‘मैले हारेर पनि जितेको छु’ : शेखर कोइराला
जितेर पनि जितेको जस्तो होइन नि त !

‘मलाइ भोट नदिनेहरुको भावना पनि समेटेर अघि बढ्छु’ : देउवा
सभापतिमा देख्न नचाहनेहरुको भावना समेट्न त कुर्सी नै छोड्नुपर्छ !

‘एमाले ओलीको निजी पार्टी बन्यो’ : माधव नेपाल
भेटवार्ता किन बालकोटमा हुन्छ जस्तो लाग्यो त ?

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन महाधिवेशनमा रुपान्तरण
‘हामी चाहिँ महाअधिवेशन गर्न नसक्ने हो र ?’ – माओवादी

‘सरकार स्वदेशमै रोजगारी सिर्जना गर्न लागेको छ’ : मन्त्री श्रेष्ठ
सरकारले आफ्नै एउटा मेनपावर खोल्न आँट्यो कि के हो !

‘माधव नेपालसँग हामी ढिलो-चाँडो एक ठाउँमा हुन्छौं’ : प्रचण्ड
सम्मेलनमा पाहुना नबोलाउने भनिहालियो, नत्र त्यही एक ठाउँँ हुन्थ्यो नि !

गुगललाई पन्छाउँदै टिकटक बन्यो सबैभन्दा लोकप्रिय कम्पनी
अब यो दशक टिकटक को भयो, अर्को दशकमा फेरी भेटाैँला !

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु विभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्विरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभारसहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com