देउवाको प्रश्न: ‘एमसीसीमा कहाँ छ राष्ट्रघात ?’, नदेउ-वाको प्रतिप्रश्न: ‘एनसिपिमा कहाँ छ राष्ट्रवाद ?’

प्रकाशित मिति: १२ पुष २०७८, सोमबार १९:०८

‘एमालेसँगको एकता कुनै गल्ती थिएन’ : प्रचण्ड
गल्ती भएको भए माफी माग्नु पर्ने भएर हो ?

‘माओवादी पार्टी कमजोर हुनुमा मै दोषी’ : प्रचण्ड
अरु दोषीहरुले पार्टी छोडिहाले !

माओवादी महाधिवेशनमा देउवाको प्रश्न : ‘एमसीसीमा कहाँ छ राष्ट्रघात ?’
जनताको उत्तर – ‘माओवादीमा कहाँ छ राष्ट्रबाद ?’

‘हाम्रो गठबन्धन कसैको खिलाफमा होइन’ : प्रधानमन्त्री
करेक्सन – ‘हाम्रो गठबन्धन प्रतिपक्ष बाहेक कसैको खिलापमा होइन !’

‘यो महाधिवेशन कर्मकाण्डका लागि मात्र होइन’ : नारायणकाजी श्रेष्ठ
उही नेतृत्व दोहोर्याउने भए त कर्मकाण्ड नै हो !

‘नेताहरू नियममा नबस्दा देश असफल हुन्छ’ : माधव नेपाल
असफल त कुर्सीमा बस्दा पनि भएकै छ !

देउवा र प्रचण्डले गरे एक-अर्काको प्रशंसा
एकअर्काको प्रशंसा नगरी गठबन्धन कसरी टिक्छ त !

ओलीलाई मनाउन प्रचण्ड र देउवा बालकोट जाने
घरै पुगेर मनाउन खोज्ने ? यो त साँचो माया हो !

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु विभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्विरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभारसहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com